माधव पक्षका नेता भन्छन्- जे सुकै होस् ओलीको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन्छ



काठमाडौं । माधव नेपाल पक्षका नेता मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताउनु भएको छ । सिंहदरबारमा भएको छलफलपछि बोल्दै चौधरीले आफूहरुले कुनै पनि रुपमा ओलीको बर्हिगमन चाहेकाको स्पष्ट पार्नुभयो । उहाँले अहिले ओलीको बहिर्गमन नै महत्त्वपूर्ण भएको बताउनुभयो ।

तपाईंहरुले राजीनामा नदिँदा त प्रधानमन्त्री ओलीलाई सरकार गठनको लागि झन सहजता हुँदैन र ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, ‘अब भोलि के हुन्छ भन्ने अब्जेसन त हुने नै भयो, जेसुकै होस् उनको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता हुन्छ ।’चौधरीले सांसद पदबाट राजीनामा दिँदा प्रधानमन्त्री ओलीलाई झन सजिलो हुने देखेपछि अनुपस्थित हुने विकल्प रोजेको पनि बताउनुभयो । नेपाल पक्षका २५ जना उपस्थित नहुने उहाँको दावी छ ।

पार्टी फुटाउने नभई एमालेभित्र रहेर सर्घष गर्ने निर्णय अनुसार अनुपस्थितको बाटो रोजेको उहाँले स्पष्ट पर्नुभयो । चौधरीले भन्नुभयो, ‘पार्टी फुटाउने वा अन्य कुनै नभई एमालेभित्र रहेर सर्घष गर्ने निर्णय अनुसार अनुपस्थित हुन लागेका हौं। ’ सिंहदरबारमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले राजीनामा पनि नदिने प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार