कमल थापा भन्छन् ओली सरकारको आज अन्तिम दिन ! चुच्चे नक्साले सम्झने छ !



राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’का अध्यक्ष कमल थापाले लिम्पियाधुरासहितको ‘चुच्चे नक्सा’ प्रकाशन र सिके राउतलाई मुलधारमा ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको सम्झना भइरहने बताएका छन्। प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि सामाजिक सञ्जालमार्फत् अध्यक्ष थापाले अनेक विवाद र असफलताका वावजुद ओलीले चुच्चे नक्सा र राउतलाई मुलधारमा ल्याएकाे दाबी गरेका छन्।

संसदमा नाटकीय परिवर्तन नभए प्रधानमन्त्रीले बिश्वासको मत गुमाउने समेत उनले स्पष्ट पारेका छन्। उनी लेख्छन्र, ‘आजै राजीनामा आउला। फेरि केपी शर्मा ओली प्रम बन्न सक्नुहोला। जेहोस् अनेक विवाद असफलताका वावजुद लिम्पियाधुरासहितको चुच्चे नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ।’

नाटकिय परिवर्तन भएन भने आज प्रम @kpsharmaoli ले संसदमा बिश्वासको मत गुमाउनु हुनेछ।आजै राजीनामा आउला।फेरि प्रम बन्न…

Posted by Kamal Thapa on Sunday, May 9, 2021

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार