माधव नेपालको स्वार्थमा सती जान सकिँदैन, राजीनामा दिन्नँः गंगा चौधरी



काठमाडौं | नेकपा (एमाले)को खनाल–नेपाल समूहकी सांसद गंगा चौधरीले नेताहरुको पदको स्वार्थका लागि आफूले राजीनामा नदिने बताएकी छन् । उक्त समूहले सामूहिक राजीनामा दिनेबारे छलफल गरिरहेका बेला दाङकी समानुपातिक सांसद चौधरीले भने आफू पार्टी एकताको पक्षमा रहेको बताइन् । “सबै मिलेर पार्टी एकता जोगाउनुपर्छ । पार्टी विभाजन गर्न मिल्दैन । हामीले कदापि राजीनामा दिनु हुँदैन । म राजीनामा दिन्नँ पनि । पार्टी एकताको पक्षमा छु । पहिले पनि नेकपाको एकताको पक्षमा थिएँ,” उनले भनिन् ।

पदमा कुरा नमिलेर पार्टी नै विभाजन गर्न नहुने उनको भनाइ छ । नेताहरुको कुरा नमिल्दा आफूहरु सती नजाने उनले बताइन् । “पद पाउनका लागि होडबाजी हैन । पद त्यागेर भए पनि पार्टी जोगाउनुप¥यो । राजीनामा दिएर आफ्नै पार्टीको सरकारलाई अफ्ठ्यारोमा पार्ने, त्यहाँभन्दा ठूलो अपराध हुन सक्दैन । माधव नेपालको कुरा नमिल्दा हामी सती जान सक्नदैनौँ,” उनले भनिन् ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार