काठमाण्डाै | ललितपुरको महालक्ष्मीस्थानमा रहेको गणेशमानसिंह मेमोरियल अस्तालमा अक्सिजन अभाव भएको छ । अस्पतालले विज्ञप्ति निकालेर कोरोनाका बिरामीको लागि अक्सिजन अभाव भएको र भर्ना भएका बिरामीलाई अरु अस्पतालमा सार्ने प्रयास भइरहेको जानकारी दिएको छ । यस्तै नयाँ बिरामी भर्ना गर्न सकिने अवस्था पनि नरहेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो चुनौतीपूर्ण अवस्थामा अक्सिजन उपलब्ध गराएर सहयोग गरिदिन गणेशमानसिंह मेमोरियल अस्पतालले अनुरोध गरेको छ । हिजो पनि मेडिकेयर अस्पताल, नेपाल भारत मैत्री अस्पताल, दिर्घायु गुरु अस्पताल र हेल्पिङ हेण्ड्स सामुदायिक अस्पतालले पनि अक्सिजन सकिएको भन्दै संयुक्त रुपमा आकस्मिक विज्ञप्ति निकालेका थिए ।
प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार