माओवादी केन्द्रको एउटा सिंगो वडा कमिटी नै नेकपा एमालेमा समाहित



झापा। झापाको मेचीनगर नगरपालिकामा माओवादी केन्द्रको एउटा सिंगो वडा कमिटी नै नेकपा एमालेमा समाहित भएको छ । समाहित हुनेमा माओवादी केन्द्र मेचीनगर ८ वडा कमिटी रहेको एमालेका नेता एवम् प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले जानकारी दिए ।

शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै माओवादी केन्द्र वडा कमिटी र अखिल नेपाल चिया मजदुर संघ टोकला इकाई परिवार एमालेमा समाहित भएका हुन् । दुई दशक अघिदेखि माओवादी केन्द्रमा आबद्ध रहेका मेचीनगर ८ वडा कमिटीका अध्यक्ष कुन्दन निरौलाका अनुसार देश र जनतालाई निकास दिने एक मात्र पार्टी केपी ओली नेतृत्वको एमाले रहेको हुँदा आफुहरू एमालेमा समाहित भएको बताए ।

बिज्ञप्ति

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार