७ दिनमा कोरोना च्वाटै हुन्छ , १५ दिनमा लकडाउन खुल्छ, केपी बा मेरो औषधी परिक्षण गरम तपाइको १० बर्ष आयु बढ्छ भन्दै मिडियामा आए यी युवा (भिडियो सहित् )



पुस्कर खतिवडाले गतसालको लकडाउन बाटनै कोरोनाको आयुरबेर्दिक औषधी म तयार पार्छु भनेर मिडियामा आएका थिए । उनले औषधी बनाएर धेरैलाई निशुल्क बितरण गर्ने अभियाननै चलाए अनि धेरैलाई निको भएको पनि घोषण गरेका थिए ।यसपाली पनि उनले कोरोनाको औषधी दिनमा सय जना भन्दा बढीलाई बितरण गरिरहेका छन् र मिडियामानै आएर यहि औषाधीको कारणले एकजनाको पनि मृत्यु भएमा आफु मर्न तयार रहेको बताएका छन् ।

यतिबेला भाइरल छ उनके भिडियो सामाजिक संजालमा । २५ सय भन्दा बढीले कोरोना दवाई खाएको बताएका छन । उनले अर्को माग राखेका छन प्रधानमन्त्रि सँग ७ दिनमा कोरोना च्वाटै,१५ दिनमा लकडाउन खुल्छ, केपी बा मेरो औषधी परिक्षण गरम तपाइको १० बर्ष आयु बढ्छ भनेक छन् ।

यो पनि, स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन केन्द्र
नयाँ भेरियन्टसहित पुनः तीव्ररूपमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट बच्न चितवनका स्थानीय तह सक्रिय बन्न थालेका छन् । दैनिकजसो कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि स्थानीय तह आवश्यक पूर्वतयारीमा जुटेका हुन् । जिल्लाका अस्पतालमा आइसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पनि बढिरहेका छन् । अस्पतालमा शय्या भरिन थालिसकेका छन् । यस्तो अवस्थामा कोरोना फैलिनबाट रोक्न जिल्ला प्रशासन कार्यालयले चितवनमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भए पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा छ ।

बिरामीलाई शय्या अभाव हुन नदिनका लागि आइसालेशन तयार गर्न प्रशासन कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ । भरतपुर महानगरबाहेकका सबै स्थानीय तहले अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई लक्ष्य गरेर अक्सिजनसहितको आइसोलेशन शय्या तयार पारेका छन् । रत्ननगर नगरपालिकाले दुई ठाउँमा अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरेको जनाएको छ । वडा नं १६ वडा कार्यालयको सभाहलमा २० शय्या र रत्ननगर अस्पतालमा आठ शय्याको आइसोलेशन केन्द्र तयार गरी सञ्चालनमा ल्याएको हो ।

होम आइसोलेशनमा बस्ने वातावरण नभएका सङ्क्रमितलाई राख्ने गरी वडा कार्यालयको सभाहल र अस्पतालमा आइसोलेशन तयार गरिएको नगरप्रमुख नारायण वनले जानकारी दिनुभयो । उहाँले आइसोलेशनमा राख्न हाललाई जम्मा सातवटा अक्सिजन सिलिन्डर पाइएको बताउँदै अरु शय्यामा अक्सिजन खोजिरहेको बताउनुभयो । उहाँले सामान्य अवस्थाका बिरामी होम आइसोलशनमै रहेको र जटिल नभएसम्म अस्पताल नआउन भनिएको बताउनुभयो । नगरपालिकाले तयार गरेको आइसोलशनमा सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मी र औषधिको समेत व्यवस्था गरिएको छ । कोरोनाको दोस्रो लहर शुरू भएपछि वैशाख १ गतेयता रत्ननगरमा १०८ मा कोरोना सङ्क्रमण पुष्टि भएको र त्यसमध्ये नौ जना अस्पतालमा उपचारत रहेको र ९९ होम आइसोलेशनमा रहेको नगरप्रमुख वनले बताउनुभयो ।

राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले नगरपालिकाले भण्डारा अस्पतालमा अक्सिजनसहित ३० शय्याको आइसोलेशन कक्ष बनाएको बताउनुभयो । अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र आइसोलशनमा राखिने उहाँको भनाइ छ । सामान्य अवस्थाका बिरामीलाई सुरक्षा मापदण्ड अपनाएर होम आइसोलेशनमा बस्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले पहिले बनाइएको २० शय्याको आइसोलशन कक्षलाई पुनः सरसफाइ गरेर तयारी अवस्थामा राखिएको बताउनुभयो । अक्सिजनसहितको सो आइसोलशन कक्ष माडी नगरपालिका–६ छरछरेमा छ । यस्तै छ शय्यासहितको कोरोना रोकथाम तथा नियन्त्रण अस्पतालसमेत बनाइएको नगरप्रमुख ढकालले जानकारी दिनुभयो ।

खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले २४ शय्याको आइसोलेशन कक्ष तयार पारिएको बताउनुभयो । उहाँले वडा नं २ मा रहेको स्वास्थ्यचौकीमा १५ शय्या र वडा नं ९ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नौ शय्याको आइसोलशन बनाइएको जानकारी दिनुभयो । शय्यामा अक्सिजन राख्ने तयारी गरिरहेको उहाँको भनाइ थियो ।

कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले कालिका अस्पतालमा नगरपालिकाले २० शय्याको आइसोलेशन कक्ष तयार पारिएको बताउनुभयो । उहाँले आइसोलेशनमा शय्या र अक्सिजन राखिसकिएको र अन्य सामग्री थप्दै जाने जानकारी दिनुभयो । उहाँले आइसोलेशनमा बिरामी आएमा तत्कालै राख्न सक्ने गरी तयारी गरिएको बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाकामा पनि ६० शय्याको आइसोलेशन कक्ष तयार भएको छ । स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाका अनुसार गाउँपालिकामा सामुदायिक भवन, सामुदायिक विद्यालय, गाउँपालिका परिसर, सामुदायिक प्रहरी भवन र इच्छाकामना कोरोना अस्थायी अस्पतालमा गरी ६० शय्याको आइसोलशन रहेको छ । हाललाई कोरोना अस्थायी अस्पतालमा १० शय्याको सुविधासम्पन्न आइसोलशन निर्माण गरिएको छ । यहाँ अक्सिजनसहित अन्य आधारभूत स्वास्थ्य उपकरण र औषधि रहेको सापकोटाले बताउनुभयो । अरु शय्यामा पनि अक्सिजनको व्यवस्था गर्दै लगिने उहाँको भनाइ छ ।

भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले आइसोलेशन निर्माणका लागि सबै सरोकारवाला पक्षसँग छलफल गरिएको बताउनुभयो । मङ्गलबार चितवनमा रहेका सबै अस्पतालसँग सल्लाह लिन बैठक बसिएको जनाउँदै उहाँले अब कसरी अघि बढ्ने भन्नेबारे योजना बनाइने बताउनुभयो । पहिलो लहर फैलँदा भरतपुरको औद्योगिक प्रदर्शनी केन्द्रमा कोभिड–१९ अस्पताल र बागीश्वरी प्राकृतिक चिकित्सालयमा आइसोलेशन कक्ष बनाएको महानगरले अब के गर्ने भन्ने कुनै ठोस निर्णय लिन सकेको छैन ।

भिडियोमा हेर्नुहोस् सबै जानकारी-

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार