सरकारी जागिर खाएर अधिकृत बन्न चाहन्थिन् क्याम्पसका प्रथम हुने कविता तर बिच बाटोमै टु*ट्यो सबै सपना



आइतबार चौतारा साँगाचोकगढी नगरपालिका ९ को सुकुटेस्थित सुनकोशी नदीमा भएको बस दुर्घटनामा ज्या’न गुमाएका १४ वर्षीय रिकेश खड्का ६४ वर्षीय हरिबहादुर खड्काका एक्ला सन्तान हुन् । दुईवटा विवाहबाट सन्तान नजन्मिएपछि तेस्रो विवाह गरेका हरिबहादुरको ५० वर्षको उमेरमा जन्मिएको एक्लो छोराको समेत दु*र्घटनामा नि*धन भएपछि उनी गहिरो पीडामा छन् । छोरालाई इन्जिनियर बनाएर विकासमा लगाउने खड्काको इच्छा सुनकोशीमा क्षणभरमै विलिन भयो।

सोही दुर्घटनामा ज्या’न गुमाएकी २० वर्षीय कविता राउतको सरकारी जागिर खाएर अधिकृत बन्ने लक्ष्य रहेको उनकी फुपू सरस्वती राउतले बताइन् । सदरमुकामको कालिञ्चोक माविबाट भर्खरै एजुकेशन साइन्समा प्लसटुमा ३ दशमलब ४१ जीपीएसहित क्याम्पस प्रथम भएकी थिइन। सरकारी जागिरको तयारी कक्षा र स्नातक तहको पढाइका लागि भर्ना हुने लक्ष्यसहित बिहान हाँसीखुशी बस चढेकी कविताको नि*धनको खबरले उनकी आमा अम्बिका राउत छिन छिनमा मुर्छा पर्छिन्। बस दु*र्घटनामा छोराको नि*धनको खबर सुनेका खड्का र छोरीको नि*धनको खबर सुनेकी अम्बिका बोल्न नसक्ने अवस्थामा छन्।

सोमबार दिउँसो २ बजे शैलुङ गाउँपालिका ५, काटाकुटीको खड्का र राउतको टोल पुग्दा सुनसान थियो। काटाकुटीमा रहेको टिकट काउण्टरबाट आइतबार आफैंले टिकट का’टेर पठाएका आफन्त तथा छिमेकीमा सन्नाटा छाएको थियो। सान्त्वना दिन मृ तकको घरमा पुगेका छिमेकी पनि एकअर्काको अनुहार हेर्दै टुलुटुलु हेरिरहेका थिए। आँशु झार्नु बाहेक विकल्प थिएन।

आइतबार सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दु*र्घटनामा परी काटाकुटीमा मात्र ९ जनाको नि*धन भएको छ।’गाउँका धेरै मानिस दु*र्घ*टनास्थल सिन्धुपाल्चोक गएका छन्, गाउँ शो*कमग्न छ,’ एक मृ तकका छिमेकी ६९ वर्षीय बिर्खबहादुर खत्रीले भने। रविन्द्र गौतमले अन्नपूर्ण पोस्टमा यो खबर लेखेका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक २० गते बुधवार