सुतेको ठाउँमा हान्ने शैली लोकतन्त्रमा काम छैन अब उडाएरै हान्ने होः पूर्वमन्त्री बाँस्कोटा



काठमाडौँ । नेपाल सरकारका पूर्वमन्त्री एवं नेकपा एमालेका प्रभावशाली युवा गोकुल बाँस्कोटाले अब चुनाव जाने विषयमा फेरि किचकिच नगर्न चेतावनी दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ मा संसद बैठक आह्वान गरेको सन्दर्भमा पूर्वमन्त्री बाँस्कोटाले ओलीको विरूद्धमा मिसन चलाउनेहरूलाइ शुभकामना दिनुभएको छ ।

उहाँले यदि ओली हटाउन नसके वा जनतामा जाने कुरा भयो भने चाहिँ किचकिच नगर्न चेतावनी दिनुभएको छ । उहाँले भन्नुभएको छ ‘अब वाहृ महिना नै सरकारको बिरोध गरि बस्ने जति सबैलाई आनन्द भो होला नि।मिसनवालालाई शुभकामना छ,ओली हटाउन नसके वा जनतामा जानु परेमा फेरि उहि किचकिच गर्ने हैन। उडाएरै हान्ने हो सुतेको ठाउँमा हान्ने शैली लोकतन्त्रमा काम छैन।’

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार