वली माओवादी तिर लागेपछि लुम्बिनीमा शंखर पाेखरेल अल्पमतमा ! एमालेमा खैलाबैला !



लुम्बिनी प्रदेशको आन्तरिक राजनीतिमा नाटकीय मोड उत्पन्न भएको छ । विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नयाँ परिस्थितिमा नयाँ निर्णय लिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको आकस्मिक बैठक बोलाउनुभएको छ ।यसअघि दाङबाट प्रदेश सभाको निर्वाचन जितेर सांसद बन्नुभएका उत्तर ओलीको सवारी दुर्घटनामा निधनपछि उपचुनावबाट साँसद बन्नुभएकी विमला आजै माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । ४१ जना सांसद सहित बहुमत रहेको भनिएको लुम्बिनी प्रदेशमा एमालेको सांसद अब ४० मा झरेपछि स्पष्ट अल्पमतमा पुगेको छ ।

जुन बहुमतको लागि एक सिट अपुग हो । यसले गर्दा एमालेको सरकार बन्ने सम्भावना तत्काललाई थुनिएको छ । प्रधानमन्त्रीले अब लुम्बिनी प्रदेशसभा भंग गराउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने सम्भावना रहेको स्रोतको दाबी छ । यसो गर्दा सरकार बच्ने तर प्रदेश सभा मर्ने हुन्छ । आज सबेरै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि शुरु भएको नयाँ सत्ता समिकरणको खेल नाटकीय मोडमा पुगेको हो । पोखरेललाई नै पुन: मुख्यमन्त्री बनाउने एमाले संसदीय दलले गरेको निर्णयको मसी नसुक्दै बिमलाले पार्टी फेरेकी हुन् । उनी एमालेकी भए पनि नेकपाको टिकटबाट उपचुनावमा आएकी हुन् ।

सरकार बनाउन आवश्यक ४१ मत सुरक्षित गर्न सक्दा एमालेले एकल बहुमतको सरकार बनाउने अवस्था थियो । मुख्यमन्त्री पोखरेलका विश्वासपात्रको रुपमा चिनिएका उत्तरकुमार ओलीको सडक दुर्घटनामा निधन भएपछि गत उपनिर्वाचनमा विमलाले चुनाव जितेकी थिइन् । ‘माधव नेपाल पक्षका सांसद बिष्णु पन्थी र रमा घर्तीले फ्लोरक्रस गर्ने मुख्यमन्त्रीको आशंका थियो । तर, उहाँलाई आफ्नै निकट भनिएकाले साथ छाडे । अब यहाँ नयाँ परिस्थिति बन्यो । ४०-४० मा बाँडिएर एकल बहुमत हामीले गुमायौँ”,एक जना एमाले सांसदले भने। सुरक्षित भैसकेको सरकार बिमलाले साथ छोडेपछि अल्पमतमा परेको हो ।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार