पूर्व प्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना, स्वासप्रश्वासमा समस्यापछि कोरोना संक्रमणको आशङ्का



पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई स्वास प्रश्वासमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको छ। उनलाई कोरोना संक्रमण भएको आशङ्का परिवारको छ। खनालका स्वकीय सचिव कृष्ण भट्टराईले खनाललाई नर्भिक अस्पताल लगिएको पुष्टि गरे।

एमाले स्रोतका अनुसार केही दिन अघि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार