काेरियन जिन्दगी : सउलमा एक तिहाई मान्छे एक्लै बस्छन् !



दक्षिण कोरियामा अहिले विवाह नगर्ने तथा ए’क्लै बस्नेहरुको संख्या बढिरहेको छ । यस्तै तथ्याङ्क राजधानी सउलको सरकारले सार्वजनिक गरेको छ । सउल सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार त्यहाँका करिब ३३.३ प्रतिशत मानिस घरमा ए’क्लै बस्ने गरेको पाइएको छ । अर्थात उनिहरुको विवाह भएको छैन, छोराछोरी छैनन, वाबुआमासँग छुट्टै बसेका छन।

गत नोभेम्बर महिनादेखि जनवरीसम्म करिब ४ हजार ४१ घरपरिवारमा गरिएको एक सर्वेक्षणमा ए’क्लै बस्ने परिवारको संख्या धेरै रहेको पाइएको छ । ए’क्लै बस्ने परिवारको संख्या ३३.३ प्रतिशत पाइयो भने २ जनामात्र भएको परिवार २५.८ प्रतिशत पाइयो। त्यसैगरी ३ जना सदस्य भएको परिवार २०.६ प्रतिशत थियो भने ४ जनास सदस्य भएको परिवार १९.२ प्रतिशत रहेको पाइयो। तथ्याङक हेर्दा सबैभन्दा धेरै ए’क्लै बस्ने गरेको देखिन्छ।

ए’क्लै बस्नेहरु मध्येपनि ४१ प्रतिशत युवा पुस्ताका रहेका छन। अलि उमेर खाएकाहरुको संख्या यसमा २२.६ प्रतिशत मात्र रहेको छ । ए’क्लै बस्ने बृ’ध्दबृ’ध्दाहरुको संख्या भने करिब १६.२ प्रतिशत रहेको पाइयो । त्यसैगरी सर्वेक्षणमा ए’क्लै बस्दाको सबैभन्दा ठूलो बे’फाइदा बि’रामी पर्दा वा अ’का’स्मात केहि आ’इपर्दा हुने स’मस्या रहेको पाइएको छ । करिब ३२.५ प्रतिशतले यो नै ए’क्लै बस्दाको सबैभन्दा ठूलो बे’फा’इदा भनेका छन। करिब २३.३ प्रतिशतले ए’क्लोप’नालाई स’मस्या ठानेका छन भने २०.३ प्रतिशतले आर्थिक स’मस्यालाई ए’क्लै बस्नुको ठूलो बेफा’ईदा मानेका छन ।

अहिले सउलको प्रति परिवारको बार्षिक आम्दानी ५ करोड ८ लाख कोरियन वन पुगेको पाइयो। सन २०१८ मा यस्तो आम्दानी करिब ४ करोड ९२ लाख रहेको थियो । त्यसैगरि ‌प्रति परिवार औषत ऋण ४ करोड ४० लाख वन पुगेको छ । ऋणको मुख्य कारण घर भाडाका लागि तिरिने डिपोजिट देखिएको छ। डिपोजिटका कारण ऋण लाग्नेहरु सबैभन्दा धेरै ४३.२ प्रतिशत देखिएको छ भने घर फ्ल्याट किन्दा ऋण लाग्नेहरु ३८.७ प्रतिशत रहेको पाइयो ।

लगानी गर्दा ऋण लाग्नेहरु भने ५ प्रतिशत मात्र पाइएको छ।आफ्नै घरमा बस्नेहरुको संख्या ४२.४ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ। करिब ३७ प्रतिशत परिवार डिपोजिट सिस्टममा बसेका छन भने १८.८ प्रतिशत मानिसहरु मासिक भाडामा बसेको पाइएको छ । डिपोजिट सिस्टम कोरियामा भाडामा बस्ने एक प्रमुख तरिका हो जसमा घरधनीलाई ठूलो रकम सुरुमै डिपोजिट मार्फत बुझाईन्छ भने मासिक रुपमा भाडा तिर्नुपर्दैन । (योनहाप)

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार