एमसिसीबारे भ्रम फैलाइयो, अमेरिकी सेना आउँछ रे! कसले आउन दिन्छ नेपालमा ?: देउवा !



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीबारे भ्रम फैलाइएको बताएका छन्। बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसिसीको प्रक्रिया अगाडि बढेको र आफ्नो नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषदबाट पास मात्रै गरेको उल्लेख गर्दै देउवाले एमसिसी ठूलो अनुदान भएको बताए।

‘यो मेरो पालामा मन्त्रिपरिषदबाट पास मात्रै गरेको हो,’ बुढानिलकण्ठमा आज पत्रकार सम्मेलन गर्दै देउवाले भने, ‘यो ठूलो अनुदान रकम हो, ब्याज तिर्नु पर्ने पनि होइन।’ एमसिसीबारे भ्रम फैलाइएकोमा उनले असन्तुष्टि पोखेका छन्। ‘यो सित्तैमा दिएको अनुदान हो, ब्याज तिर्नु पनि पर्दैन। तर हरेक भ्रम फैलाइएको छ। अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना?,’ देउवाले प्रश्न गरे। एमसिसी पारित गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सहयोग गर्ने भनेको देउवाले बताए।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार