सांसद खिम विक्रम शाहीलाई अस्पतालमा बन्दी बनाएर किन राखियो ?



काठमाण्डौ | राष्ट्रिय जनमोर्चाले आफ्नो पार्टीका सांसद खिम विक्रम शाहीलाई अस्पतालमा बन्दी बनाएर राख्नुको कारण माग गरेको छ । जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले विज्ञप्ति निकालेर अस्पतालमा बन्दीको रुपमा राख्नुको कारणसहित उहाँको अवस्था सार्वजनिक गर्न सकारसँग माग गर्नुभएको हो । गण्डकी प्रदेशको सरकारकाविरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने जनमोर्चाले निर्णय गरिसकेको छ ।

मतदानको समयमा एकाएक सांसद शाही गायब भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले शाही उपस्थित नहुँदासम्म मतदान स्थगित गर्न माग गर्नुभएको थियो । त्यसलगत्तै सभामुखले बैठक स्थगित भएको घोषणा गर्नुभएको थियो । गण्डकी प्रदेशका सांसदहरुको प्रदेश सांसद शाहीको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । त्यसलगत्तै उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुराले आफूहरु अचम्मित भएको जनमोर्चाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार