गण्डकी प्रदेशमा जनमोर्चाका सांसद सम्पर्कविहीन, मोबाइल अफ, अविश्वास प्रस्ताव फेल हुने संकेत



पोखरा । गण्डकी प्रदेशमा निर्णायक देखिएको राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थित भएका छन् । सांसदको तारन्तारको फोनले उनको मोबाइल अफ छ । कुनै सांसदसँग उनको सम्पर्क छैन । ती सांसद खिमविक्रम शाही हुन् । उनको दल जनमोर्चा नै गण्डकीमा दुवै पक्षको लागि निर्णायक हो । जनमोर्चाको केन्द्रले नै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

तीन सांसद रहेको जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने आजको प्रदेशसभा बैठकमा उपस्थित छन् । यदि, आज नै मतदान भयो र खिमविक्रम शाही आइपुगेनन् भने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव फेल हुनेछ र सरकार जोगिनेछ । शाही नआउँदा अविश्वासको प्रस्तावको लागि आवश्यक ३१ मत पुग्दैन ।

प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार