
काठमाण्डौँ । नेकपा एमालेका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले औपचारिक रुपमा मात्र पार्टीको घोषण गर्न बाँकी रहेको तर अनौपचारिक रुपमा पार्टी विभाजित भईसकेको बताएका छन् । नेकपा एमालेमा रहेका अधिकांस नेता तथा कार्यकर्ता पार्टीको विधि अनुरुप जानु पर्ने विचारधारा भएकाले पनि ओलीको निरङकुश प्रवृति हावि भएका कारण ओलीको विकल्पको रुपमा पहिले नै पार्टीको तल्लो तहबाट ब्यापक दबाव आए पनि माधब नेपाल, भिम रावल ,घनश्याम भुषाल म लगायत नेताले बाराम्बार पार्टीमा ओलीलाई पार्टीको विधान् अनुरुप जान सुझाएका थियौ ।
तर यसको साटो बरु पार्टीका नेतालाई आफ्नो समुहमा आउन र पार्टीको राम्रो पद दिने लेभ देखाए नआए कारबाही गर्ने धम्की समेत दिन पछि परेनन् । बास्तवमा ओली संङघीयता विरोधी प्रेस स्वत्रन्त्रतामा अङकुस लगाउने निरङकुश तानाशाहा प्रवृतिका पात्र भएको बताएका छन् । ओलीले सम्पुर्ण राम्रो कामको जस आफुले लिने तर नराम्रो कामको अफ्जस चाँही अरुलाई देखाउने गरेको बताएका छन् ।
बास्तवमा ओली प्रवृतिले देशलाई अस्थिर बनाउने उनको जिकिर छ । धरहराको सम्पुर्ण काम नै नसकि उध्घाटन गर्न पुग्दछन् जबकी धरहाराको काम ८० प्रतिशत सकिएको छ जसरि होस ओलीले सरकार ढल्नु भन्दा पहिले आफुले काम गरेको देखाउनु छ । ओलीले लोकत्रन्त्रको हत्या गरेका छन् किन कि उनले संसद विघटन गरे जुन असंवैधानिक थियो र छ । ओलीले ल्याएका भनिएको रेल कहाँ थन्कीएर बसेको छ र कति भयो उनले योजना ल्याएका भए पा थाहा हुन्छ ।
मेलम्ची खानेपानी आयोजना मैले ल्याए भनेका छन् तर उनको पालोमा आएको मात्र हो धरहरा त भिमशेन थापाले बनाएका हुन् यसमा उनको के योजना देखिन्छ । यि सब सरकार टिकाउने प्रपन्च र झुटको खेती बाहेक अरु केही होईन । अहीले हिन्दु धर्मको कार्ड बोकेर हिड्न थालेका छन् यो कार्डले गर्दा राप्रपाको अस्थित्व संङकटमा परेका् छ र ओली समुहको पनि भविष्य संङकटमा भएको उनले बताएका छन् ।