सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही सवार कार दुर्घटना !



ललितपुर | सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही सवार कार दुर्घटनामा परेको छ । ललितपुरकाे महालक्ष्मीस्थान चाेक नजिकै कार दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताए । कार माेडिने क्रममा बिपरित दिशाबाट तिब्र गतिमा आएको माेटरसाइकलले ठक्कर दिँदा कारमा क्षति पुगेको छ । कार ज्ञानेन्द्र शाही स्वयंले चलाएका थिए । दुर्घटनामा कारमा क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन ।

तस्बिर : राजकुमार चाैँलागाँई

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार