गुल्मीको एउटा विद्यालय, जहाँ नियमित आधा घण्टा नृत्य सिकाईन्छ !



विद्यालयमा विद्यार्थीहरुलाई सिकाइ सहजीकरण गर्ने माध्यमहरु धेरै छन्। तर, गुल्मी सदरमुकाम तम्घासस्थित गण्डकी इङ्लिस बोर्डिङ् स्कुलले विद्यार्थीलाई नृत्य मार्फत आकर्षित गर्ने गरेको छ।नृत्यमार्फत विद्यार्थीलाई पढाइ प्रति आकर्षण गर्दा पढाइमा राम्रो प्रभाव परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले बताए । विद्यालयले यो शैलीलाई निरन्तरता दिने उनले बताए।

अभिभावकहरुले पनि नृत्यमार्फत विद्यार्थीको पढाइमा आकर्षण बढेको बताउने गरेका छन् । विद्यालयले हरेक दिन २५ मिनेटसम्म विद्यार्थीलाई नृत्य तथा अन्य क्रियाकलाप सिकाउने गरेको छ।
यो विद्यालयले कक्षा आठमा २०६२ साल देखि ०७१ सम्म जिल्ला प्रथम भएको थियो । त्यस्तै २०७३ सालमा कक्षा दशमा गूल्मी जिल्ला दोस्रो हुन सफल भएको थियो । विद्यालयले विद्यार्थीहरुलाई विभिन्न समयमा योगा कक्षा समेत संचालन गरेको छ।

प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार