
काठमाडौं | माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको योजनाअनुसार नेकपा एमालेलाई तहस नहस पार्ने निलम्बित नेता माधवकुमार नेपालको योजनामा थप तुषारापात भएको छ । लामो समयदेखि नेपाललाई साथ दिँदै आउनु भएका एमालेका सचिव गोकर्ण बिष्टसहित आठ जना प्रतिनिधिसभा सदस्यले पार्टी बिभाजनमा नलाग्ने अठोटसहित अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा उभिने निर्णय लिएपछि माधवको थप कमजोर बनेका हुन् ।
नेकपा कायम रहँदा प्रचण्डलाई नेता मानेर अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिरुद्ध आपत्तिजनक अभियान चलाएका नेता नेपाल सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताएपछि प्रचण्डकै निर्देशनअनुसार एमाले फर्किएको घोषणा गरेर पार्टीलाई कमजोर बनाउने अभियान चलाइरहेका छन् ।
नेता नेपालकै निर्देशनमा कर्णालीमा चार एमाले सांसद बिक्रि भएपछि भविश्य भएमा एमाले नेताहरु माधवको साथमा नरहने निश्कर्षमा पुगेका हुन । यही निश्कर्षमा नवौं महाधिवेशनबाट सचिवमा निर्वाचित पूर्वमन्त्री गोकर्ण बिष्टसहितका सांसदहरु पुगेका हुन् । बिगतमा माधवतिर लागेपनि अव एमालेमै रहने प्रतिवद्धता जनाउँदै बिष्टसहित आठ प्रतिनिधिसभा सदस्य संस्थापनमा फर्किनु भएको हो । सोही कारण आठै जनालाई एमालेले स्पष्टिकरण सोधेको छैन ।
प्रतिनिधिसभामा एमालेका १२१ सांसदमध्ये माधव नेपालको पक्षमा आइतवारसम्म ३४ जना थिए । कृष्णभक्त पोखरेल, गोपाल बम, गंगा चौधरी सतगौंवा र माया ज्ञवालीसहित ३८ जना सांसद एमाले ब्युँतिदासम्म माधव नेपाल पक्षमा थिए । नेपाल पक्षकै लालबाबु पण्डित र शेरवहादुर तामाङ त्यसअघि नै संस्थापन पक्षमा उभिएका थिए । आजसम्म आइपुग्दा नेपालको पक्षमा केवल २७ सांसद रहेका छन । उनीहरुमध्ये पनि धेरैजसो बिभाजनमा गए साथ छाडने अडानमा छन ।
नेपाल पक्षमा प्रत्यक्ष निर्वाचित २३ जना सांसद रहेकोमा गुल्मीका गोकर्ण विष्ट, सुर्खेतका ध्रुव शाही र दैलेखका राजबहादुर बुढाले संस्थापनमै रहने जानकारी गराएका छन् । सोही कारण तीनै जनालाई स्पष्टीकरण मागिएको छैन । बिष्टसहित तीनै जना सांसदले प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि स्पष्टीकरण नमागिएको हो । अव नेपालको पक्षमा १२ जना समानुपातिक सांसद रहेकोमा चार जना संस्थापनकै साथमा उभिने जनाएका छन ।समानुपातिक सांसद बिना बुढाथोकी मगर, समिना हुसेन, कलिला खातुन र पार्वती बिसुंखेलाई संस्थापनमै रहने जानकारी दिएपछि स्पष्टीकरण सोधिएको छैन ।
पार्टीको पक्षमा उभिने अवस्थामा उनीहरूलाई उचित जिम्मेवारी दिइने जानकारी अध्यक्ष ओलीले गराइसक्नु भएको छ । एमाले अध्यक्ष ओलीले बिभाजनको पक्षमा नलागी पार्टीको नीतिमा उभिने जोकोही नेता कार्यकर्तालाई बिगतको भुमिकाको आधारमा कुनै पूर्वाग्रह नराख्ने जनाउ दिइसकेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमै यस्तो जानकारी गराएपछि माधवतिर लागेका थुप्रै नेता कार्यकर्ता पार्टीमै दृढताका साथ उभिने निश्कर्षमा पुगेका हुन् ।