
तनहुँ । स–सानो खर्चको लागि पनि श्रीमान्सँग पैसा मागि रहनु पर्दा व्यास नगरपालिका–११ सेहराकी देवु खड्का अप्ठ्रो महशुस हुनथाले पछि अहिले उद्यमी बन्नुभएको छ । पहिला श्रीमान्सँग पैसा माग्ने देवु उद्यमी बनेपछि श्रीमान्लाई दिने गर्नुभएको छ ।
तीन वर्ष अघिदेखि व्यवसायिक रुपमा भैंसी पाल्न शुरु गर्नुभएकी देवुले दूध बिक्री गरेर मनग्गे आम्दानी गर्न थाल्नुभएको छ । महिला आपैm आत्मनिर्भर बन्नु पर्छ र समय खेर फाल्नु हुँदैन भन्ने सोचाई आएर व्यवसायिक रुपमा भैंसी पालन गरेको उहाँले जानकारी दिनुभयो । शुरुमा तीन वटा पाल्दा घर खर्चको लागि श्रीमान्सँग पैसा माग्नु पर्ने अवस्थाको अन्त्य भएपछि व्यवसायिक रुपमा अघि बढ्ने सोचाई आएको उहाँले जानकारी दिनुभयो । देबुले दुध विक्रीबाट वार्षिक सात लाख रुपियाँ बचत गर्नु भएको छ । देवुले हाल नौ वटा भैंसी पाल्नु भएको छ । जसमा सात वटा भैंसी लैना छन् ।
मासिक रुपमा एक लाख ६० हजार रुपियाँको दूध विक्री गर्ने गरेको त्यसबाट ६० हजार मुनाफा भएको देवुले जानकारी दिनुभयो । ‘‘माइत जान प¥यो भने पनि श्रीमान्सँग गाडी भाडा माग्नु पर्ने महिलरु धेरै हुन्छन् तर त्यस्तो हुनु हुँदैन आत्मनिर्भर बनेर धनसम्पतीको मालिक आफ्नै कमाईबाट हुुनुपर्छ’’ देवुले भन्नुभयो । विदेशमा गएकाहरु पनि जोखिम पूर्ण काम गर्नुपर्दा फर्किएर स्वदेशमा नै व्यवसाय गर्न थालेकाले युवा विदेश जान नहुने देवु बताउनुहुन्छ ।
१५ लाख रुपियाँ लगानी गरेर व्यवसाय सञ्चालन गरेको देवुले जानकारी दिनुभयो । व्यवसायबाट आएको आम्दानीबाट लगानी बढाउँदै लगेको छु तीन वर्षपछि आम्दानीलाई दोब्बर बनाउने योजना छ’’ देबुले भन्नुभयो । दैनिक ५५ देखि ६० लिटर दूध सदमुकाम दमौलीमा मानाको रु ११० मा बिक्री गर्दै आएको देवुले जानकारी दिनुभयो । सरकार वास्तविक कृषकलाई अनुदान दिने हो भने कृषि पेशा मर्यादित हुने देवु बताउनुहुन्छ । कतिपयले अनुदान लिनको लागि मात्रै व्यवसाय गर्ने र अनुदान पाईसकेपछि छाड्ने गरेकाले छाड्नेले रकम फिर्ता गर्नु पर्ने प्रावधान भए दुरुपयोग रोक्न सकिने देवु बताउनुहुन्छ ।
भैंसीको मूल्यमा वृद्धि भएकोले र टाढाबाट भैंसी ल्याउनु पर्ने बाध्यता रहेकोले कृषकलाई समस्या पर्ने गरेको देवुले बताउनुभयो । ‘‘तराई समेत नपाएर भारतबाट समेत भैंसी मगाउनु पर्ने अवस्था छ मूल्य वृद्धि भएर गत वर्ष एक लाख २० हजारमा पाईने भैंसी यो वर्ष डेढ लाख परेको छ’’ देवुले भन्नुभयो । भैंसी खरीद गर्न अनुदान ढुवानीको व्यवस्था गरिदिए कृषकलाई फाईदा हुने देवी बताउनुहुन्छ । देवुले एउटा गाई पनि पाल्नु भएको छ । गाईको दूध भन्दा भैंसीको दूधको माग धेरै भएकोले भैंसी पालनलाई व्यवसायिक रुपमा अघि बढाएको देवुले जानकारी दिनुभयो । गोरखापत्र अनलाइन