
झापा । झापाको कचनकवल गाँउपालिमा विभिन्न पार्टी परित्याग गरी एक सयबढी नेकपा एमालेमा प्रवेश गरेका छन् । कचनकवल गाँउपालिका वडा नं २ स्थित गन्धर्व बस्तीमा आईतबार आयोजना भएको पार्टीको अन्तक्रिया कार्यक्रममा एक सय बढी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी एमालेमा प्रवेश गरेका एमालेका नेता एवम् प्रदेश सभा सदस्य बसन्त बानियाले जानकारी दिए ।
केन्द्रमा पार्टी जुट वा फुटको अवस्थामा रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा भने पछिल्लो समय एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । यस अघि पनि विभिन्न पार्टी परित्याग गरी मेचिनगर–३ स्थित समायोजन टोलमा एउटा गाउँ नै एमालेमा प्रवेश गरेको थियो ।
प्रकाशित मिति : २०७८ बैशाख ७ गते मङ्गलवार