एमालेका ३२ जना सांसदलाई कारबाहीको तयारी, गोकर्णको नाम छैन !



काठमाडौं | नेकपा एमालेले संघीय संसदका २७ जना र प्रदेशका पाँच जनासहित ३२ जना सांसदलाई सांसद पदबाट हटाउने तयारी थालेको छ । स्रोतका अनुसार माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदलाई तीन दिनको स्पष्टिकरणसहितको पत्र आज बिहान वितरण गरिदैँछ ।

‘स्पष्टिकरण सोधिने सांसदहरूको सूची राति तयारी गरिएको छ,’ स्रोतले भन्यो, ‘चित्त बुझ्दो जवाफ नआएमा १० गतेको केन्द्रीय कमिटीको बैठकबाट उहाँहरूलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट पनि निश्कासन गर्ने तयारी छ ।’ विवरणअनुसार कारबाही हुनेहरूमा माधव नेपालदेखि लक्ष्मी चौधरीसम्म हुनुहुन्छ । नेपाल समूहका भनेर चिनिएका नेता गोकर्ण विष्ट कारबाहीको सूचीमा हुनुहुन्न । स्रोतका अनुसार विष्टले अध्यक्ष ओलीलाई साथ दिने वचन दिनुभएको छ । यस्तै, कर्णाली प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गर्ने पाँच जना सांसदलाई पनि उही ब्यहोराको कारबाही हुने भएको छ ।

पार्टीले कारबाहीका लागि तयार गरेका सांसदको नामावली
१. माधवकुमार नेपाल २. भीम रावल ३. सुरेन्द्र पाण्डे ४.घनश्याम भुसाल ५. पवित्रा निरौला ६. झपट रावल ७. मेटमणि चौधरी ८. यज्ञराज सुनुवार
९.जीवनराम श्रेष्ठ १०. झलनाथ खनाल ११. विरोध खतिवडा १२. सोमप्रसाद पाण्डे १३. भवानी खापुङ १४. नारायण खतिवडा १५. जयकुमार राई

१६. गणेश पहाडी १७. दिपकप्रकाश भट्ट १८. योगेशकुमार भट्टराई १९. हिराचन्द्र केसी २०. पुष्पाकुमारी कर्ण कायस्थ २१. कल्याणी खड्का
२२. लक्ष्मीकुमारी चौधरी २३. सरलाकुमारी यादव २४. कृष्णलाल महर्जन २५. नीरादेवी जैरु २६. मुकुन्द नेउपाने २७. रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसद : १. प्रकाश ज्वाला २. नन्दसिंह बुढा ३. कुर्मराज शाही ४. अम्बरबहादुर थापा ५. देवी ओली
– नेपाली बहसबाट साभार

प्रकाशित मिति : २०७८ बैशाख ७ गते मङ्गलवार