शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय, अनलाइन माध्यमबाट पठनपाठन



काठमाडाैँ । काेराेना भाइरस पुनः तीव्र रूपमा बढ्न थालेपछि सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गराउने भएकाे छ । आज (साेमबार) बिहान बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेकाे जनाइएकाे छ । काेराेनाबाट बालबालिकाहरू बढी प्रभावित हुन थालेपछि विद्यालय बन्द गराएर अनलाइन माध्यमबाट पठन पाठन गराउन निर्देशन दिने निर्णय भएकाे जनाइएकाे छ ।

स्राेतका अनुसार काठमाडाैँ उपत्यका लगायत शहरी क्षेत्रका विद्यालय बन्द गरेर अनलाइनबाटै पठनपाठन गराउन आजै निर्देशन जारी गर्ने तयारी भइरहेकाे छ ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार