एमसीसी रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य हो : भीम रावल



कपा एमालेका निलम्बित नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिँदै एमसीसी रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सभामुखले एमसीसीसँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनेर प्रश्न गरेको प्रसंग कोट्याउँदै नेता रावलले एमसीसी रोक्नुपर्ने तर्क गरे ।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै रावलले लेखेका छन्, ‘सभामुखले एमसीसीसँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रम केपीले सार्वजनिक कार्यक्रममा प्रश्न उठाउनुभएको रहेछ । देशहित विरोधी कुनै पनि सम्झौता र काम रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य हो । यस्तो कर्तव्यप्रति देशघातीहरूमा भने घृणा हुन्छ ।’

सभामुखले एमसीसीसंगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रमं केपीले सार्वजनिक कार्यक्रममा प्रश्न उठाउनु भएको रहेछ।देशहित विरोधी कुनैपनि सम्झौता र काम रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य हो।यस्तो कर्तव्यप्रति देशघातीहरूमा भने घृणा हुन्छ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार