
काठमाडौं फाल्गुन १९ | नेपाली कांग्रेसका महासमिति सदस्य ऋषिकेश जंग शाहले नेपाली कांग्रेसलाई गाँजा खेतिको पक्षमा उभिन आग्रह गर्दै आएका छन। सल्यान जिल्लाका महासमिति सदस्य शाहले राप्तीमा माओवादी जनयुद्ध फस्टाउनुको मुख्य कारण गाँजा खेती प्रतिबन्ध पनि एक कारण भएको बताउदै आएका छन। उनले आज मात्र सामाजिक संजाल मार्फत “ बिपक्षीहरुले आजकाल नेपाली कांग्रेस भित्र बिचारको प्रतिस्पर्धा भनेको जय नेपाल मात्रै भएको आरोप लगाउन थालेको बताए ।
उनले नेपाली कांग्रेसका गाउँ इकाई देखि केन्द्र सम्मका नेपाली कांग्रेसका युवा साथीहरू “ गाँजाको बैधानिकतालाई नेपाली कांग्रेसको राष्ट्रीय मुद्दा बनाऊन लाग्नु पर्ने पनि तर्क गरेका छन । गाँजा खेतिले जनताको समृद्धि हुन सक्छ महासमिति सदस्य शाहको बुझाई रहेको छ। नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको पुर्व उपाध्यक्ष समेत भैसकेका शाहले गाँजा खेतिले नेपालीको आर्थिक अवस्थालाई माथि पुर्याउने पनि बताउदै आएका छन ।