यी ४ कुरालाई ध्यान दिएमा ८० प्रतिशत रोग नै लाग्दैन – डा. भगवान कोइराला (भिडियो)



बरिष्ठ मुटु रोग बिशेषज्ञ डाक्टर भगवान कोईराला मुटु रोगीहरुको लागी भगवान सरह नै हुन । कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘फायर साईड’ चलाउने पत्रकार भुषण दाहालले केहि बर्ष अघि बरिष्ठ मुटु रोग बिशेषज्ञ डाक्टर भगवान कोईरालासंग गरेको धेरै महत्वपूर्ण स्वास्थ्यवार्ता ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले अहिलेसम्म १४ हजारभन्दा बढी बिरामीको मुटु बचाइसकेका छन् । मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले चार कुरामा ध्यान दिए मुटुलगायतका अधिकांश रोगबाट बच्न सकिने मन्त्र दिएका छन् ।
यि चार कुरामा ध्यान दिन सके मुटु रोगलगायतका ८० प्रतिसत सरुवा नहुने रोगबाट बच्न सकिने डाक्टर कोइरालाको दाबी छ ।

नेपालमा हुने मृत्युहरुमा सबै भन्दा बढी अर्थात् दुईतिहाई मृत्यु नसर्ने रोगहरुबाट हुन्छ जसमा मुटु रोग उच्च स्थानमा रहेको छ । अन्तर्वार्ताको क्रममा डाक्टर कोइरालाले केहि अचुक स्वास्थ्य सुत्र भने जसको प्रयोगले सिंगो नेपाली जनताले सदैब स्वास्थ्य लाभ लिनु सक्ने छन् तर के जनता पालना गर्नु तयार छन् ? हेर्नुस महत्वपूर्ण अन्तर्वार्ता ।

प्रकाशित मिति : २०७८ बैशाख १ गते बुधवार