तनहुँका तीन नेताद्वारा माधव समूह छोडेको घोषणा



तनहुँ |नेकपा एमाले तनहुँका जिल्ला उपसचिव र युवा संघ नेपालका दुई जना केन्द्रीय सदस्यहरूले माधवकुमार नेपाल समूहलाई साथ नदिने घोषणा गर्नु भएको छ । एमाले तनहुँका जिल्ला उपसचिव विष्णुभक्त सिग्देल, युवा संघका केन्द्रीय सदस्यहरू नारायण थापा र सुशील सिग्देलले माधव समूहलाई साथ नदिने घोषणा गर्नु भएको हो । उहाँहरूले आज आफूहरू संस्थापन एमालेमै फर्किएको एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतलाई जानकारीसमेत दिइसक्नुभएको छ ।

देशभर समानान्तर कमिटी बनाउँदै हिँडेका नेपाल समूहलाई कार्यक्रमतले दिनहुँ साथ छाडिरहेका छन् । युवा संघका पूर्वअध्यक्षसमेत रहनुभएका बस्नेत आज राष्ट्रिय युवा संघ नेपालको जिल्ला स्तरीय र्‍याली तथा आमसभामा सम्बोधन गर्न तनहुँमा हुनुहुन्छ । कार्यक्रममा आबुखैरेनी, डुम्रे, भिमाद, शुक्लागण्डकी लगायत स्थानबाट आएको मोटर साइकल र्‍यालीले दमौली बजार परिक्रमा गरेको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार