भाषा परिक्षा २०२१ को लागि ५ हजार ४ सयको कोटा !



दक्षिण कोरियाको मानव संशोधन विभाग एच.आर.डीले सन २०२१ मा नेपालका लागि पाच हजार ४ सय जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली ( ईपीएस ) शाखाले एचआरडीले निर्धारण गरेको यो सङख्या लग्ने सङख्या भन्दा पनि भाषा र सीप परीक्षा उत्तीर्णका लागि निर्धारण गरेको हो। एचआरडीले सन २०२१ का लागि ५२ हजार विदेश श्रमिक लैजाने गरी कोटा निर्धारण गरेकोमा नेपाललाई यो सङख्या परेका हो । यो विश्वका विभिन्न १६ देशका लागि छुुट्याइएको कोटा हो !

ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले यो पटक एचआरडीले संङख्या पठाउँदा कोटा नभनेर परीक्षा उत्तीर्ण गर्ने भनिएकाले यी मध्ये कति जान पाउछन अहिलेसम्म स्पष्ट नभएको जानकारी दिए । उनले भने अघिल्ला वर्षमा यति कोटा भनेर निर्धारण गरिएको हुुन्थ्यो। यो पटक त्यस्तो नभएर परीक्षा उत्तीर्ण गर्ने संङख्या भनिएको छ। त्यसैले हामी पनि द्विविधामा छौ। स्पष्ट हुन प्रयास गरिरहेका छौ !

निर्देशक गौतमले गएको जनवरीमै सूचना निकालेर एचआरडीले पहिलो आधा वर्षमा उत्पादनतर्फ एक हजार नेपाली श्रमिक लैजाने भनेको भए पनि चार महिना सकिन लाग्दासमेत कुनै प्रक्रिया अगाडि नबढेको जानकारी दिए । पहिलो आधा वर्षका लागि गरेको प्रतिबद्धता नै कार्यान्वयन नभएको अवस्थामा दोस्रो आधा वर्षको आउला भन्ने के आश गर्नु खै उनले थपे !

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार