चित्रबहादुर केसी ८७ वर्षको उमेरमा पुनः जनमोर्चाको अध्यक्ष निर्वाचित !



काठमाडौं। निरन्तर राष्ट्रिय जनमोर्चाको नेतृत्व गर्दै आएका चित्रबहादुर केसी पुनः अध्यक्षमा निर्वाचित भएका छन् । बुटवलमा चैत २४ देखि २६ सम्म सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट केसी पुनः अध्यक्ष निर्वाचित भएका हुन् ।सम्मेलनले ४७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट निर्वाचित भएका छन् । त्यस्तै, प्रथम उपाध्यक्षमा जनक भट्ट र द्वितीय उपाध्यक्षमा प्रतिनिधि सभा सांसद दुर्गा पौडेल निर्वाचित भए । सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् ।

शंकर बराल, लालबहादुर थापा,कृष्ण बहादुर खड्का,कमला जिसी, कल्याणी श्रेष्ठ, रत्न विक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट,डम्बर पुरी, लालबहादुर जाग्री, सौमकुमार कार्की, राजेन्द्र ढुङ्गना, घनश्याम न्यौपाने, झविलाल थापा, पियारी थापा, ईन्दिरा ज्ञवाली, यमलाल पोखरेल केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

त्यसैगरी, मञ्जु परियार,लक्ष्मी केसी, सुधा शर्मा, देवी शर्मा, लिलादेबी शर्मा, दिलबहादुर दर्जी, चन्द्रा परियार, भागिरथ भट्टराई, दीपक पाण्डे, पदमा पण्डित, नारायण जिसी, रामकुमार क्षेत्री, गिरी प्रसाद वुडा, गौरीश्वर पाण्डे, धर्मान्द सुवेदी, चिन्ता मणी पौडेल, हेम कुमार गुरूङ, अमृत पाण्डे, गणेश आचार्य, कमलविक्रम शाही, उदय नारायण चौधरी, सुवर्ण विक्रम थापा निर्वाचित भए । पूर्व उपप्रधानमन्त्री समेत रहेका केसी पुराना कम्युनिष्ट नेता हुन् । सन् १९३४मा बागलुङमा जन्मिएका केसी ८७ वर्षका हुन् ।

प्रकाशित मिति : २०७७ चैत्र २७ गते शुक्रवार