प्रतिनिधिसभामा शान्ता चौधरीको कविता: ‘कठैबरा कसले होला पुछिदिने आँशु ’



काठमाडौं । नेकपा एमालेकी सांसद सांसद शान्ता चौधरीले प्रतिनिधिसभा बैठकको शून्य समयमा कविता वाचन गरेकी छिन् ।
यस्तो छ उनको कविता

विरोधका लागि बिरोध गर्नेहरुको कोलाहल देखेर म छक्क पर्छु
सरकार विकास गर्छ
जनतालाई हँसाउछ, खुसी दिन्छ
तर विकास विरोधीहरुको आँखा रसाउँछ अनि खुसी हराउँछ
प्रधानमन्त्रीको जब देशभरी जनलहर आउँछ
तव विरोधीहरुको निन्द्रा हराउँछ
विकासप्रेमीहरु अहिले खुसीले गदगद छन्
सुन्दैछु नयाँ वर्षको प्रवेशसँगै देशले अमूल्य चिज पाउँदैछ
गौतम बुद्ध विमानस्थल सम्पन्न भयो
धरहरा मुसुक्क मुस्कुरायो
कोही भन्दैछन् जनता हाँस्दा म कसरी हाँसु
कठैबरा कसले होला पुछिदिने आँशु

संसदीय समितिमा अझै नेकपा कायम रहेको भन्दै सांसद खगराज अधिकारीको आपत्ति
काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रतिनिधिसभाको बैठकमा संसदीय समितिमा अझैपनि नेकपा दलकै आधारमा सांसदहरुको प्रतिनिधित्व रहेको भन्दै आपत्ति जनाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराउँदै उनले प्रतिनिधिसभा पुनःस्थापना तथा गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र छुट्याइसकेको अवस्थामा पनि संसदीय समितिमा नेकपा दलकै आधारमा जानुपर्ने अवस्था रहेकोले यो संविधान र प्रतिनिधिसभा नियमावली विपरित रहेको भन्दै आपत्ति जनाए ।

संसदीय समितिमा दलको शक्तिको आधारमा समितिमा प्रतिनिधित्व गर्दै आएकोमा अहिले सहमतिअनुसार जान चाहन्छौं भन्दै सत्ता पक्षलाई बाध्य पारेर जान खोजेको बताए । उनले संसदीय समितिमा अवैधानिक नेकपाको सदस्य हुन नचाहेको बताउँदै समितिमा पार्टीले दिएका नामका आधारमा प्रतिनिधि चयन गर्न माग गरे । सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा यसबारे छलफल गरेको सोहीअनुसार संसदीय समितिहरुमा सांसदहरुको प्रतिनिधित्वको व्यवस्था गरिने जानकारी गराए ।

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार