सबैभन्दा गाह्रो काम समाजलाई बदल्नु होइन, आफैलाई बदल्नु हो – नेल्सन मन्डेला



लोकतान्त्रिक निर्वाचनबाट चुनिएका प्रथम दक्षिण अफ्रिकी राष्ट्रपति तथा नोबेल पुरस्कार विजेता नेल्सन मन्डेलाको ९५ वर्षको उमेरमा सन् २०१३, डिसेम्बर ५ का दिन देहावसान भयो। दक्षिण अफ्रिकामा रहेको रंगभेद नीतिविरुद्ध संघर्षका कारण मन्डेलाले २७ वर्ष जेलमा बिताए। सन् १९९० मा जेलमुक्त भएको चार वर्षपश्चात् उनी राष्ट्रपति बने र एक कार्यकालपछि उनले सो पदका लागि फेरि प्रयाश गरेनन् जुन अफ्रिकी राजनीतिमा विरलै देख्न पाइन्छ । विश्वमा चारैतिर मन पराइएका यी राजनीतिज्ञ शब्दका जादुगर नै थिए।उनले सन् १९६४ मा न्यायालयमा रिभोनिया देशद्रोह सुनुवाइका बेला गरेको विद्रोहपूर्ण भाषणबाट लिइएको उनको एक चर्चित अभिव्यक्ति:

मैले श्वेत बर्चस्वको विरोधमा लडेको छु, र मैले अश्वेत बर्चस्वको विरोधमा लडेको छु। मैले लोकतान्त्रिक र स्वतन्त्र समाजको आदर्श सँगालेको छु जहाँ सबै जना एक आपसमा सद्भावका साथ बस्छन् र सबले समान अवसर पाउँछन्। यस आदर्शका लागि र यसलाई प्राप्त गर्नका लागि म बाँच्न चाहन्छु। तर, चाहिएको खण्डमा यस आदर्शका लागि म ज्यान दिन तयार छु।
रिभोनिया देशद्रोह सुनुवाइका बेलाको भाषणका अलावा मन्डेलाले आफ्नो जीवनभरि निकै गहकिला र सम्झनयोग्य अभिव्यक्तिहरू छाडेर गएका छन्। उनको देहान्त भए पनि, उनी ट्वीटर प्रयोगकर्ताहरूमार्फत विश्वसँग जोडिएका छन्। मन्डेलाको निधनको समाचारप्रति प्रतिक्रिया जनाउँदै उनीहरूले मन्डेलाका अमरवाणी शेयर गरेका छन्।

१. मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डर माथी विजय पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउदैन, बहादुर त त्यो हो जो डरको बाबजुद अघी बढ्दछ ।
२. चाहे त्यो कालो जातीबाट भएको होस् वा गोरो जातीबाट म जातीवाद अत्यन्त घृणा गर्दछु, यो एक बर्बता हो ।
३. एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।
४. स्वतन्त्र हुनु मात्र जंजिरलाई उतार्नु होइन बल्की यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ ।
५. जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ ।

६. जब कुनै खुसियाली मनाइन्छ तब आफू पछी र दोश्रोलाई अघि राख्नु पर्दछ । जब खतराको समय आउदछ तब आफू अघि र दोश्रोलाई पछि राख्नुपर्दछ । तब मात्र जनताले तपाईको नेतृत्वको प्रशंसा गर्नेछन ।
७. शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसेल विश्व बदल्न सक्दछ ।
८. अब, सबैका लागि काम, रोटी, पानी र नुन होस् ।
९. एउटा राम्रो शिर र एउटा राम्रो हृदयले सधै विजयलाई जोडिरहेका हुन्छन् ।
१०. मेरो देशमा मान्छे पहिला जेल जान्छ र पछि राष्ट्रपति बन्दछ ।

११. सबैभन्दा गाह्रो काम समाजलाई बदल्नु होइन, आफैलाई बदल्नु हो ।
१२. स्वतन्त्र हुनु भनेको बन्धनबाट मुक्त हनु मात्र होइन, बल्कि अरु मानिसको स्वतन्त्रतालाई सम्मान र अभिबृद्धि गर्दै जिउन सक्नु हो ।
१३. एउटा विजेता स्वप्नदर्शक हो- जसले कहिल्याई आफ्नो सपना माथि हरेश खाएन ।
१४. यदि आफ्नो सत्रुसँग शान्ति बनाइराख्नु छ भने पहिले उसँगै मिलेर काम गर्नुपर्दछ, त्यसपछि उ स्वत पार्टनरमा बदलिनेछ ।
१५. यदि मानिस दृढ हुनसक्छ भने उसले कुनै पनि चिजलाई जित्न सक्छ ।
१६. म कहिल्यै हार्दीन- म या त जित्छु या सिक्छु ।

प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते सोमवार