
काठमाडौँ । रुकमाङ्गद कटवाल नेपाली सेनाका पूर्व प्रधानसेनापति हुन् । सेकेन्ड लेप्टिनेन्टबाट सेनाको जागिर सुरु गरेका उनले प्रधान सेनापति भएर विवाद एवं चर्चाकै वीच पूर्ण कार्यकाल बिताए र स्वाभाविक अवकाश लिए । ओखलढुंगामा जन्मेका कटवाललाई राजा महेन्द्रले हुर्काएका, पढाएका र बढाएका हुन्। दरबारसँग नजिक मानिने कटवाललाई २०६६ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आदेश नमानेको आरोपमा तीन महिना कार्यकाल बाँकी छँदै बर्खास्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
सोही समय माओवादीले सेनामाथि हमला गरेको भन्दै विपक्षी काँग्रेस र सरकारमा सामेल एमालेसहितका दलले राष्ट्रपति रामवरण यादव समक्ष कटवाल बर्खास्तीको सरकारी निर्णय उल्ट्याउन माग गर्दै निवेदन दिए । राष्ट्रपति यादवले उनीहरुको माग अनुसार सरकार का निर्णय उल्ट्याइ दिएपछि कटवालको पुनर्बहाली भयो । आफैंले हटाएको प्रधानसेनापतिको पुनर्बहाली भएपछि प्रचण्डले ‘नैतिकताका आधारमा’ पदबाट राजीनामा दिए ।
सोपरिघटनालाई नेपालको इतिहासमा ‘कटवाल प्रकरण’का रूपमा बुझ्ने गरिन्छ। सेनाभित्र निडर, साहसी एवं स्पष्ट वक्ताको छवि बनाएका कटवालको जीवनका विभिन्न आरोह–अवरोहबारे रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा प्रस्तुत गरिएको छ। उनले ‘मेरो जीवन’ स्तम्भमा भनेका छन्- दस वर्षे द्व’न्द्वमा गरिब मा’रि’ए, तिनीहरुलाई झु न्ड्या’इयो । १७ हजार मानिसले ज्या’न गु’माए ।
अहिले पनि हजारौँ बे’पत्ता छन् । माओवादीमा लागेका कतिपय बच्चाहरु अहिले अ’ङ्ग–भ’ङ्ग भएर दुःख पाइरहेका छन् । नेताका पछि लाग्ने केही मानिसले पैसा पनि कमाए होला । धेरैको अवस्था बे’हाल छ । आखिर शक्तिमा जानु थियो भने, पैसा नै कमाउनु थियो भने त्यति धेरै मानिस किन मा रे’को होला भन्ने सम्झिएर दुःख लाग्छ । अहिलेको दुःख यही हो ।