कुनै पनि नेताहरुले गर्न नसकेको राष्ट्र हित ओलीले गरेकाले नेपालको शिर ठाडो भयो (भिडियो)



वामपन्थी नेतृ कुन्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुकको शिर ठाडो भएको दावी गरेकी छिन । नेपालका कुनैपनि राष्ट्रप्रमुखले अहिलेसम्म कुरा गर्न नसकेको बताउदै उनले प्रधानमन्त्री केपी ओलीले मात्रै शिर ठाडो पारेर आफनो देशको हितका कुरा भारतसँग गरेको जिकिर गरिन । नेपाल आजसँग कुराकानी गर्दै नेतृ शर्माले प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको नेपालका राजनीतिक नक्साले सबै राष्ट्रवादी नेपालीको शिर उँचो भएको बताइन । भारतीय सेनालाई एकै चोटी ‘भाग’ भन्न नमिल्ने भन्दै उनले त्यसका लागि प्रक्रिया पुरा गर्नु पर्ने भएकाले नक्सा अनुसारको नेपाली भुम फिर्ताको विषयमा कुराकानी भईरहेको बताइन ।

‘नक्सा मात्रै पास गरेर समस्याको समाधान भयो त, नेपालले दावी गरेको भुमी कुन जिल्लामा हो, कुन वडा हो ? केही प्रष्ट छैन’ भन्ने जिज्ञासामा उनले भनिन–‘चुच्चे नक्साको विवाद पहिला देखिको नै हो। तर, अहिलेसम्म कसैले त्यसको वारेमा चासो राखेन। त्यसको वारेमा अरुले किन पहल नगरेको ? अव एकै पटक सेनालाई धपाएर हुदैन । त्यसलाई वार्ताको माध्यमबाट÷छलफलको माध्यमवाट सामाधान गर्नुपर्छ। वार्ता भईरहेको छ।’

वार्ताको माध्यमबाट नै भुमी फिर्ता हुने र त्यो नै एक मात्र विकल्प भएको वताएकी उनले भारत हाम्रो छिमेकी भएकाले सकेसम्म छलफलवाट समस्याको समाधान खोज्नु पर्ने धारणा ब्यक्त गरिन् । ओली भारत परस्त भएको आरोप लाग्ने गरेको विषयमा पनि उनले आफनो धारणा राखिन। ‘ओली भारत नेता होईन। उनी नेपालको प्रधानमन्त्री हुन र विपक्षीले यस्ता आरोप लगाउँछन्’ उनले भनिन्–‘भन्नेले त जे पनि भन्छन, प्रचण्ड–बाबुरामले जनयुद्ध गर्दा भारतले नै संरक्षण दिएको, तालिम पनि दिएको, देउवालाई भारतले प्रधानमन्त्री बनाएको, प्रचण्डलाई भारतले प्रधानमन्त्री बनाएको जस्ता आरोप पनि लागे। त्यसको पछाडि लाग्नु हुँदैन।’

राष्ट्रिय स्वभाभिमान केपी ओलीले देखाईरहेको र त्यो आफुलाई ठिक लागेको उनले बताइन । राजा महेन्द्रपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दृढ राष्ट्रवादी शक्तिको प्रदर्शन गरेको शर्माले बताइन । ओलीलाई पाँच वर्षसम्म काम गर्न दिनपुर्ने समयमा सत्ताको लागि मात्रै संर्घष सुरु भएको पनि उनको दावी छ। संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको निवेदनमा सुनुवाई गर्दै अदालतलेसंसद पुनःस्थापनाका पक्षमा फैसला गर्दा खुसीयाली मनाउने र लड्डु खाने तर त्यही अदालतबाट भएको अर्को फैसलाले नेकपालाई दुई पार्टी वनाउँदा सेटिङ्गको कुरा गर्नु गलत भएको उनको भनाई छ ।

ओली र न्यायाधिसको सम्वन्धमा आशंका गर्ने ठाउँ छ की ? भन्ने आशयको प्रश्नमा शर्माले भनिन्–‘न्यायसिध चोलेन्द्र शम्शेर प्रचण्डजीहरुले नियुक्ति गरेको मान्छे हो। त्यही चोलेन्द्रले पहिलो फैसला गर्दा लडडु खाने, दोश्रो फैसला गर्दा प्रतिगमन भयो भन्न थाल्नु भएको छ । यस्तो पनि हुन्छ र ?’ प्रधानमन्त्री ओलीले त पहिलो फैसला आउँदा पनि ‘म अदालतको फैसला मान्छु’ भनेको र दोश्रो फैसला आउँदा पनि अदालतको फैसला मान्ने र कार्यान्वयन गर्ने वताएको उनले स्मरण गराईन ।

ओलीलाई पार्टी भित्रैबाट असहयोग भएको उनले बताएन । काम गर्ने वातारण बनाउनुको साटो नियुक्तिमा भाग खोजेर ‘मेरो मान्छे मात्रै हुनु पर्छ’ भन्ने चिन्तन हावि भएको कारणले नै ओलीलाई समस्या भएको शर्माको भनाई छ । नेताहरुले ब्यक्तिगत लाभ खोज्ने र आफना मान्छेलाई जसरी पनि सत्तामा पुयाउने चिन्तनका कारण समस्या सृजना भएको उनको भनाई छ ।
वामपन्थि नेतृ कुन्ता शर्मासँग गरेको कुराकानी विस्तृतमा हेर्न तलको लिंकमा क्लिक गर्नु होला।

प्रकाशित मिति : २०७७ चैत्र २३ गते सोमवार