लाईसेन्स नभएका शिक्षकका लागि शिक्षक सेवा आयोगले तत्कालै यसरी दिदैछ लाईसेन्स



काठमाडौं । शिक्षक सेवा आयोग नियमावली २०५७ ले दुर्गम क्षेत्रका विद्यालयमा पठन पाठन गर्न अस्थायी अध्यापन अनुमतिपत्र (लाईसेन्स) दिन सक्ने व्यवस्था गरेको छ । नियमावलीले दिएको अधिकार प्रयोग गर्दै उक्त कार्य तुरुन्तै शुरु गरिने आयोगले जनाएको छ।

यो व्यवस्था सँगै अब अस्थायी रुपमा अध्यापन अनुमतिपत्र लिन सकिनेछ । आयोगको नियमावलीमा भनिएको छ, ‘विज्ञान, गणित वा अंग्रेजी विषयमा अध्यापन अनुमतिपत्र लिएको व्यक्ति उपलब्ध नभई दुर्गम क्षेत्रका विद्यालयमा त्यस्तो विषय पठन पाठन हुन नसक्ने भएमा आयोगले नियम ९ बमोजिमको तालीम नलिएको भए तापनि न्यूनतम शैक्षिक योग्यता पुगेका व्यक्तिहरूमध्येबाट अस्थायी अध्यापन अनुमतिपत्रको लागि दरखास्त आव्हान गर्न सक्नेछ ।’ भन्ने व्यवस्था गरेको छ । यो व्यवस्था सँगै योग्यता पुगेका व्यक्तिहरुले अस्थायी अध्यापन अनुमतिपत्रको लागि दरखास्त दिन सक्नेछन् ।

साउन देखि शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीलाई सरकारले भत्ता दिने,अरू के-के छन् सुबिधा ?
राष्ट्रिय शिक्षा नीति २०७६ ले ब्यबस्था गरे अनुसार अब सरकारले शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई थप सेवा सुविधा दिने तयारी गरेको छ । शिक्षा नीति अनुसार अब, दुर्गम क्षेत्रका विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीहरुलाई आवश्यकताका आधारमा थप दिने तयारी थालेको हो । ‘दुर्गम क्षेत्रका विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीलाई आवश्यकताका आधारमा थप सुविधा दिन सकिने व्यवस्था क्रमशः गरिनेछ ।’ भनेर शिक्षा नीतिमा प्रष्ट उल्लेख गरिएको छ ।

राष्ट्रिय शिक्षा नीतिको अर्को बुदामा भनिएको छ, ‘सबै सार्वजनिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन विद्यार्थी–शिक्षक अनुपात हेरी देशभरीका सबै विद्यालयमा पाँच वर्षभित्र योग्य, दक्ष र स्वःउत्प्रेरित बिषय शिक्षकको व्यवस्था गरिनेछ ।’ भन्ने पनि उल्लेख गरिएको छ । त्यो भए संगै अब सबै शिक्षकले साउन पछि बाट भत्ता पाउने छन्। बजेटमै ब्यबस्था गरेर अगाडी बढ्न शिक्षा मन्त्रालयले अर्थ मन्त्रालय संग अनुरोध गरे संगै सो कार्य हुन् लागेको हो।

प्रकाशित मिति : २०७७ चैत्र २३ गते सोमवार