
काठमाडौ/ शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र लाईसेन्सको थप एक बिषयको नतिजा सार्वजनिक गरेको छ । आज सोमबार माध्यमिक तहको सामाजिक बिषयको नतिजा सार्वजनिक गरिएको हो । आयोगले यसअघि पनि विभिन्न बिषयको नतिजा सार्वजनिक गरेको थियो । दिनमा मात्र एउटा बिषयको नतिजा सार्वजनिक हुन थालेपछि अन्य बिषयका बिद्यार्थीमा छटपटी बढेको छ । शिक्षक सेवा आयोगले गत असोजमा लाईसेन्सका लागी विभिन्न बिषयमा परिक्षा लिएको थियो ।
नतिजा आयोगको वेबसाइड www.tsc.gov.np गएर हेर्न सकिने छ । यस्तै ‘उम्मेदवारले मोवाइलको Message box मा TSC टाइप गरी एक स्पेस दिई प्रवेशपत्रमा रहेको Tsc application Id उल्लेख गरी ३१००७ नम्वरमा SMS पठाइ नतिजा हेर्न सकिनेछ
प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते सोमवार