मलेसियाबाट ल्याइयो १२ श व, विमानस्थल पुगेका डा. बाबुराम भट्टराईको थामिएन आँ शु



काठमाडौं । आइतबार मलेसियाबाट नेपाल एयरलाइन्समार्फत १२ श व नेपाल ल्याइएको छ । आइतबार एकैपटक मलेसियामा ज्यान गुमाएका विभिन्न जिल्लाका श व नेपाल ल्याइएको जनाइएको छ । आइतबार नेपाल एयरलाइन्समार्फत महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोर्खाका मेघबहादुर कुँवर र सूर्य विकको श व ल्याइएको छ ।

यसैगरी भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको श व पनि ल्याइएको छ। रोजगारीका क्रममा रहेका र विभिन्न समयमा ज्या न गुमाएका १२ नेपालीको श व एकैसाथ ल्याइएको जनाइएको छ । कोरोना संक्र मणका कारण उडान असम्भव हुँदा मलेसियाबाट श व ल्याइएको थिएन ।

आइतबार आफ्नो निर्वाचन क्षेत्रका युवाको श वसमेत ल्याइएको थाहा पाएपछि जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई त्रिभुवन विमानस्थल पुगेका थिए। गोरखा–२सिरानचोक– ५का २८ वर्षीय सूर्य विक र गोरखा नपा–१२ का २७ वर्षीय मेघबहादुर कुॅवरको शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा आफूले आँशु थाम्न नसकेको टिव्टमार्फत् भनेका छन् ।

उनले भनेका छन्, ‘कस्तो दुःखद अवस्था ! वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको श व एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो ! तीमध्ये गोरखा–२सिरानचोक–५का सूर्य विक (२८बर्ष) र गोरखा नपा–१२का मेघबहादुर कुॅवर (२७ बर्ष) को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र !’

प्रकाशित मिति : २०७७ चैत्र २२ गते आइतवार