
काठमाडौं | नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा बीच सत्ता समीकरणको सम्भावना प्रबल देखिएको छ । सरकारले जसपाका माग सम्बोधन गर्न थारू कल्याणकारी सभासँग वार्ता थालेको छ । जसपाको महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सकारात्मक देखिएको छ । जसपाका अध्यक्ष ठाकुरले आफ्ना माग सम्बोधन गर्ने विषयमा सरकारले चालेका कदमप्रति तुलनात्मक रूपमा विश्वस्त रहेको बताए ।
प्रचण्डजीहरू आइज आइज भन्नुहुन्छ, केही गर्नुहुन्न, न कि पहिला पनि प्रचण्ड सबै माग पूरा गर्छु भन्नुहुन्थ्यो । तर सत्ता हुँदा पनि केही गर्नुभएन’, अध्यक्ष ठाकुरले काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा भने, ‘ओली त जति गर्न सक्छु गर्छु भन्नुहुन्छ । म उहाँलाई धन्यवाद दिन चाहन्छु । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कुरामा विश्वास गर्ने आधार नभएको बताए । उनले खाली चेकमा सम्झौता नगर्ने बताए ।
जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान सशोधनलगायत माग पूरा नभएसम्म सरकारको विषयमा छलफल नै नहुने उनको भनाइ थियो । ‘सांसद जेलमा छन् । मन्त्रीलाई मुद्दा लागेको छ’, ठाकुरले भने, ‘हाम्रो हातखुट्टा बाँधिएको छ । यो फुकुवा भएपछि मात्रै हामी सत्तामा जाने कुरा आउँछ । उनले प्रधानमन्त्रीका तर्फबाट सकारात्मक कदम चालिएकोमा धन्यवाद दिए ।
उनले सबै दलसँग संवाद भने भइरहेको बताए । कांग्रेस, माओवादी केन्द्रसँग कसरी अगाडि बढ्ने भन्ने खाका नरहेको उनले सुनाए । ‘उहाँहरू हाम्रो मागको विषयमा गरुला गरुला भन्नुहुन्छ तर कहिले गर्छौ भन्ने आउँदैन’, उनले भने । प्रतिनिधिसभामा एमालेका १२० सांसद छन् भने जसपाका ३२ जना । २७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ जना भए बहुमत पुग्छ । जसपा र एमाले मिले सरकारलाई सुविधाजनक बहुमत हुन्छ ।
एमालेको माधवकुमार नेपाल पक्षले फ्लोरक्रस गरे वा जसपाका डा। बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले असहयोग गरे पनि एमाले र जसपाको गठनबन्धनलाई बहुमत पुग्ने देखिन्छ । तर, माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन । समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष ठाकुरको कब्जामा देशको राजनीति रहेको बताए ।
देशको राजनीति तीन नेताको कब्जामा छ, एउटा यही हुनुहुन्छ ठाकुर एउटा बूढानीलकण्ठमा हुनुहुन्छ, अर्को खै कता हुनुहुन्छ ओली वरिष्ठ नेता पौडेलले भने । पौडेलले लोकतन्त्र जोगाउनेरनजोगाउने पनि ओली, देउवा र ठाकुरकै हातमा रहेको बताए । उनले तीन नेताका स्वार्थको कारण देशको राजनीति रुमलिरहेको बताए । उनले सत्ताभन्दा व्यवस्थालाई महत्व दिन आग्रह गरे । राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले नेताको अन्तरकलहको सिकार देश भएको बताए ।
संसद्लाई बिजनेस नदिएर अहिले पनि सरकार पुनः विघटनको षड्यन्त्रमा लागिरहेको आरोप केसीले लगाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले संसद् कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु रहेको बताए । दलीयकरणका कारण संवैधानिक निकाय कमजोर भएकोले प्रजातन्त्रको रेलिङ भत्किन नदिन मिडिया र नागरिक समाजले दबाब दिनुपर्ने लोहनीको भनाइ थियो ।
यी हुन नेपाल ओलीसँग नडग्नुका ६ कारण
१५ वर्षसम्म नेकपा एमालेको नेतृत्व गरेका र लगातार ४५ वर्षदेखि पार्टीको संस्थापन पक्षमा रहँदै आएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यबाटै निलम्बन गरेका छन्। यससँगै दुवै पक्ष सँगै रहन नसक्ने निष्कर्षमा पुगेका छन्। नवौँ महाधिवेशनमा ओली अध्यक्षमा निर्वाचित भएपनि नेपालले पार्टीमा बराबरी हैसियत कायम गरेका थिए। त्यसैले अध्यक्ष ओलीले पछिल्लो समय आफूमाथि गरेको व्यवहारलाई नेपालले प्रतिष्ठाको विषय बनाएका छन् ।
ओलीले एमालेभित्र नेपाल पक्षको अस्तित्वलाई स्वीकार्न नसक्ने भनेसँगै एमाले तीव्र गतिमा विभाजनतर्फ अग्रसर बनेको छ ।नेपाल पक्षको गत चैत ४ र ५ गते भएको कार्यकर्ता भेलाले सर्वोच्च अदालतको फैसलाअनुसार २०७५ जेठ २ गतेको कमिटी ब्युँताउनुपर्ने सर्त अघि सारेको छ ।
तर, अध्यक्ष ओली त्यसका लागि तयार छैनन्। जसले एमालेभित्रको विवादलाई उत्कर्षतर्फ धकेलेको छ । अदालतले एमाले र माओवादी केन्द्रबीचको एकतालाई रद्ध गरिदिएसँगै नेपाल एमालेभित्र निकै कमजोर अवस्थामा पुगेका छन् । पार्टी कमिटी र संसदीय दलमा ओलीको एकलौटी चल्दा नेपाल पक्ष निरीह देखिएको छ । तैपनि नेपाल ओलीसामु डगेका छैनन् । बरु, समानान्तर कमिटी बनाएर ओलीलाई चुनौती दिने मनस्थितिमा छन् ।
उम्मेदवारविहीन बनाइने भय
ओलीसँग अन्तरसंघर्ष बढ्दै गएपछि नेपालले आफूनिकट नेताहरुलाई बारम्बार भन्ने गरेका छन्– ओलीले पार्टीभित्र हाम्रो सबै जिम्मेवारी खोस्छन्। चुनावमा पनि उम्मेदवारविहीन बनाउँछन्।
‘स्थानीय तहको चुनावको समयमा पनि ओलीले एकलौटी गर्नु भएको हो। माओवादीसँग चुनावी गठबन्धन गर्ने समयमा टिकट दिने समयमा पनि त्यस्तै गर्नुभयो। जुन स्थानमा नेपालनिकट नेताले चुनाव टिकट पाउने निश्चित थियो, त्यहाँ माओवादीलाई ठाउँ छाडिदिनु भएको थियो
उनीनिकट एक नेताले भने, ‘आउँदो चुनावमा त दुईचार जनाले पनि टिकट पाउने सम्भावना छैन।उनले नेपाल पक्षले बहिष्कार गर्दागर्दै पनि ओलीले राखेको चैत ७ को बैठकको उदाहरण दिँदै पार्टीमा पनिसबैको जिम्मेवारी खोसिने बताए।
कार्यशैलीमा बेमेल
कार्यशैलीमा रहेको आकाश–जमिनको अन्तरका कारण पनि ओली र नेपाल सँगै बस्ने स्थिति नभएको नेपालनिकट नेताहरु बताउँछन्। ‘उहाँहरुले सम्बन्ध, सम्पर्क राख्ने, उठबस गर्ने कार्यकर्ताको प्रकृति नै अलगअलग छ,’ ती नेता बताउँछन्। उनका अनुसार नेपालले आफूलाई समन्वयकारी नेताको रुपमा प्रस्तुत गर्ने गरेका छन् भने ओलीले सबैलाई आफ्नो अधीनमा राख्न खोज्छन्।‘ओली सबै शक्तिमा आफूमा केन्द्रित गरेर पार्टी सञ्चालन गर्न चाहनुहुन्छ।
पछिल्ला बैठकहरुबाट गरेको निर्णय र शक्ति केन्द्रीकरण गरेको कुराले पनि त्यो देखिन्छ,’ ती नेताले भने, ‘ओली एमालेलाई मासबेस्ड पार्टीमा बदल्न चाहनुहुन्छ। जबकि नेपाल कार्यकर्तामा आधारित मासबेस्ड पार्टी निर्माण गर्न चाहनु हुन्छ।’