महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश प्रमुख डा.अहिराजकाे आर्थिक सहयाेग



काठमाडौं । प्रदेश नम्बर २ का प्रमुख डा.राजेश अहिराजले पदभार ग्रहण गरेपछिकाे पहिलो महिनाको पारिश्रमिकको आधा रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्नुभएकाे छ । बुधबार डा. अहिराजले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगी आधा महिनाको तलब बराबरको रकम सहयाेग गर्नुभएकाे हाे ।

प्रदेश प्रमुख डा.अहिराजले राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण निरीक्षण गर्नुका साथै छलफल समेत गर्नुभएकाे छ । उहाँले महावीर पुनलाई प्रदेश २ मा पनि आविष्कार केन्द्रको स्थापनाका लागि प्रस्तावसमेत गरेको नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले जानकारी दिनुभयाे ।

उपाध्यायको पहलमा प्रदेश प्रमुख डा.अहिराजले सो सहयोग गर्नुभएकाे बताइएकाे छ । आविष्कार केन्द्रका सञ्चालक पुनले प्रदेश २ मा पनि राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न इच्छुक रहेको बताउँदै त्यसका लागि जग्गा र बजेटको आवश्यकता औंल्याउनुभयाे।

नेपाल सरकारका पूर्वसचिव उपाध्यायका अनुसार प्रदेश प्रमुख डा.अहिराजले प्रदेश २ मा आविष्कार केन्द्र स्थापनार्थ हरेक सहयोग गराउने प्रतिबद्धतासमेत जाहेर गर्नुभएकाे छ । जग्गा उपलब्ध गराउनेदेखि सरकारसँग बजेटका लागि पनि पहल गर्ने आश्वासन उहाँले दिनुभएकाे छ।

प्रकाशित मिति : २०७७ चैत्र १९ गते बिहिवार