सिफारिस कार्यान्वयन नहुँदा शिक्षक सेवा आयोगको सम्पुर्ण काम ठप्प



काठमाडौं /१४ चैत | सिफारिस भएको दुई महिना बित्दासमेत शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त हुन सकेको छैन । विगत छ महिनादेखि पदाधिकारी नियुक्त नहुँदा आयोगका सम्पुर्ण काम ठप्प छ । पदाधिकारी नहुँदा प्राथमिकदेखि माध्यमिक तहसम्मका करीब १२ हजार नयाँ शिक्षक पदपूर्ति विज्ञापन रोकिएको छ । दुई हजार सात सय शिक्षक बढुवा हुन पाएका छैनन । आयोगका अनुसार रिक्त भएका शिक्षक अधिकांश प्राथमिकका छन ।

शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख दिनेश श्रेष्ठले भन्नु भयो “दैनिक प्रशासनिक काममा मात्र व्यस्त हुँदै आएका छौं । नियुक्ति बढुवा र स्थायी अध्यपन अनुमतिपत्रका वितरणका कार्य ठप्प भईदिँदा आयोगका कर्मचारी फुर्सदिला बनेका छन् ।” लोक सेवा आयोगका तत्कालीन अध्यक्ष उमेश मैनाली, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालीन सचिव गोपिनाथ मैनाली र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रडा धर्मकान्त बाँसकोटा रहनुभएको सिफारिस समितिले शिक्षक सेवा आयोगका अध्यक्ष र दुई सदस्यको नाम सिफारीस गरेको थियो ।

आयोगको अध्यक्षका लागि नेपाल सरकारको पूर्वसचिव मधु रेग्मी र सदस्यमा शिक्षा सेवाका पूर्वसहसचिव डा. डिल्लीराम रिमाल र शिक्षक नन्दकुमारी महर्जनको नाम सिफारीस गरिएको थियो । उपयुक्त कुनै पनि कारण नदेखाई सो सिफारीसलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यन्वयनमा ल्याएको छैन । आउोगको इतिहासमा पअिलो पटक सार्वजनिक आवेदन आह्वान गरी प्रस्तुतिलगायतका आधारमा पदाधिकारी छनोट विधि अपनाइएको थियो ।

विद्यालयबाट दैनिक शिक्षक निवृत्त हुनेृ क्रम जारी रहन्छ । निवृत्त हुनासाथ सो पदमा विगतमा लिएको आयोगको परीक्षामा करार सुचिमा रहेकाहरुमध्येबाट विद्यालयले नयाँ शिक्षक नियुत्ति गर्न पाउने व्यावस्था छ । अहिले देशभरी १० हजारभन्दा बढी यस्ता शिक्षक नियुक्ति गरीएको अनुमान छ । राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले दैनिक सरदर ३५ जना शिक्षकले अवकास पाउने गरेको जानकारी दिनुभयो ।

कितबखानानको तथ्याङक अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ शिक्षक पदपूर्तिका लागि शिक्षक सेवा आयोगलाई तथ्याङक पठाईदिनुपर्ने नियम छ । आयोगका प्रशासकीय प्रमुख श्रेष्ठले भन्नु भयो शिक्षकहरुको अवकास पाईरहेका हुन्छन र ती रिक्त पदमा नियुक्तिका लागि केन्द्रले तथ्याङक पठाउने काम नियमित गरीरहेको छ । सिफारीसलाई थन्क्याईदिनुको कारणका बारेमा जिज्ञासा राख्दा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सदस्यहरु जानकारी भएको तर यसबारेमा आफू केहि नबोल्ने जानकारी दिनु भयो ।गोरखापत्रमा प्रकृति अधिकारीले खबर लेखेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र १५ गते आइतवार