
काठमाडौं | कार दुर्घटनामा परि घाइते हुनुभइ ग्राण्डी इन्टरनेसनल हस्पिटलमा उपचाररत नेकपा मालेका महासचिव सीपी मैनालीलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले भेट्नु भएको छ । त्यस्तै सभामुख अग्नि सापकोटा, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायतले भेटी मैनालीकाे स्वास्थ्य लाभको कामना गर्नुभएको छ । यसैबीच महासचिव मैनालीकाे स्वास्थ्य लाभको कामना गर्ने सबैलाई नेकपा मालेले धन्यवाद ज्ञापन गरेको छ । नेकपा मालेका प्रवक्ता कुमार वेल्वासेले एक विज्ञप्ति जारि गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिनुभएको हाे ।
यस्तो छ विज्ञप्ति
प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते सोमवार