काठमाडौं बन्यो विश्वको दोस्रो प्रदुषित शहर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सवै सेवा बन्द



काठमाडौं, १३ चैत । शुक्रबार दिउँसो काठमाडौं विश्वकै दोस्रो प्रदुषित शहरमा परेको छ । विश्वको प्रदूषण मापन गर्ने आइक्यु एयर डट कमले शुक्रबार दिउँसो केहीबेर काठमाडौंलाई विश्वकै दोस्रो वायु प्रदूषितको दोस्रोमा राखेको हो ।

काठमाडौंमा प्रदुषण बढ्दा हवाइ उडानमा समेत असर परेको छ । त्रिभूवन विमानस्थल स्रोतका अनुसार शुक्रबार मध्यान्नबाट उडान तथा अवतरण दुवै बन्द गरिएको छ । भारतको विभिन्न स्थानबाट उडेर आएको धुलोका साथै काठमाडौं उपत्यकामा सुख्खापना छाएका कारण वायु प्रदुषण भएको बिज्ञहरुको भनाइ छ ।

वायु प्रदुषका कारण भिजिविलिटी कम भएकोले त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने उडानहरु प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ ।

शुक्रबार काठमाडौंबाट उड्ने दर्जनौँ उडानहरु प्रभावित भएकाे त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थल स्राेतले जनाएकाे छ । जसमा सबैभन्दा धेरै भरतपुरको उडानहरु प्रभावित भएको विमास्थल स्रोतले जनाएको छ ।

नेपालकै तराई क्षेत्रमा भइरहेको आगलागी र सुख्खा बढेको कारण पनि काठमाडौको आकाशमा प्रदुषण छाएको विज्ञहरुको भनाइ छ । वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने भएकाले सचेत रहन विज्ञहरुले आग्रह गरेका छन् ।

विज्ञहरूले बाहिर ननिस्कन तथा निस्कनै परे मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार