कहिले खुल्छ स्थायी शिक्षकको विज्ञापन ?



काठमाडौं । शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि तत्कालै गर्ने भनिएको विज्ञापन अब कहिले गर्ने भन्ने बारेमा अन्यौल भएको जनाएको छ । आयोगमा रिक्त रहेका अध्यक्षसहित तीन सदस्यीय पदाधिकारीको हालसम्म पनि नियुक्ति नहुँदा आयोगले तत्कालै गर्ने भनेको स्थायी शिक्षकको विज्ञापन अन्यौलमा परेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

आयोग भनेको तीन सदस्यीय पदाधिकारीसँग निर्भर रहन्छ, हामी त सचिवालय जस्तो प्रशासनिक काम मात्रै गर्ने हो’, सूचना अधिकारी मरहठ्ठाले अनलाइन दैनिकसँग भने, ‘उहाँ (पदाधिकारी)हरुले गरेको निर्णय हामीले कार्यान्वय गर्ने हो । त्यसकारण अब पदाधिकारी आएपछि मात्रै आयोगले विज्ञापन गर्ने लगाएका सम्पूर्ण कामहरु अगाडी बढाउछ । तर पदाधिकारी नआएसम्म तत्काल हामीलाई अन्यौल नै छ ।’

आयोगमा पदाधिकारीको नियुक्ति कहिलेसम्म हुन्छ भन्ने बारे आफूलाई जानकारी नभएको समेत उनले बताए । पदाधिकारीको नियुक्ति कहिलेसम्म हुन्छ, त्यो हामीलाई जानकारी त भएन’, उनले भने,‘तर मन्त्रीपरिषदबाट पदाधिकारी नियुक्ति भएर आएपछि मात्रै आयोगले विज्ञापन गर्ने, लाइसेन्सको परीक्षा लिने लगाएतका कामहरुलाई अगाडी बढाउछ ।’

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार