ओलीको ‘हाइट’ मदन र मनमोहनभन्दा माथि पुगिसक्यो, माधवसँग अब उनको तुलना हुन्नः कँडेल



काठमाडौं । इन्जिनियर दिपेन्द्र कँडेलले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई मदन भण्डारी र मनमोहन अधिकारीभन्दा राम्रो हाइड भएका नेताको रुपमा चित्रण गरेका छन् । कँडेलले भण्डारी र अधिकारीले भन्दा राम्रो काम ओलीले गरेको भन्दै त्यसको आधार एमाले विभिन्न नेतृत्वहरूको पालामा प्राप्त जनमतलाई देखाए । उनले ओलीको नेतृत्वमा एमालेले ३३ प्रतिशतभन्दा बढि जनमत पाएबाट त्यसको पुष्टि हुने बताए ।

भण्डारी महासचिव हुँदा भएको निर्वाचनमा एमालेलाई करिव २८ प्रतिशत मत प्राप्त भएको, अधिकारी अध्यक्ष हुँदा करिव ३१ प्रतिशत प्राप्त भएको, माधव नेपाल महासचिव हुँदाका दुई निर्वाचनमा करिव साढे ३१ प्रतिशत र करिव २१ प्रतिशत प्राप्त भएको, झलनाथ अध्यक्ष हुँदा साढे २७ प्रतिशत मत प्राप्त भएको तर ओली अध्यक्ष हुँदा ३३ प्रतिशतभन्दा बढि मत प्राप्त भएको तथ्य प्रस्तुत गर्दै कँडेलले यो जनमतबाटै ओली भण्डारी र अधिकारीभन्दा लोकप्रिय नेता भएको पुष्टि हुने बताए । माधवलाई असफल नेताको रुपमा उनले चित्रण गरे । एमाले आफूले बनाएको माधवको दाबी गलत भएको उनले बताए ।

पब्लिक इनोभेटरको रुपमा चिनिदै आएका इन्जिनियर कँडेलले भने, ‘केपी ओली मदन भण्डारी र मनमोहन अधिकारीभन्दा सक्षम नेता हो । त्यो जनमतले भन्छ । र, यो बढ्ने क्रम अझै आगामी निर्वाचनमा जारी रहन्छ । आउँदो चुनावमा माधव समूहले छोडेर गए पनि ओलीले एमालेलाई दुईतिहाई मत ल्याउने कँडेलको दाबी छ ।

यद्यपि भोटका आधारमा मदन भण्डारी पछाडि रहे पनि विचारका आधारमा अगाडि रहेको कँडेलले स्वीकार गरे । उनले नेपालअनुसारको बहुदलीय जनवाद (जबज)को विचार ल्याएकैले एकदलीय प्रणालीमा विश्वास गर्नुपर्ने कम्युनिष्टले राजासहितको बहुदलीय प्रजातन्त्रलाई स्वीकार गरेको बताए । बजबको विचार नआएको भए नेकपा एमाले यति सशक्त पार्टी हुने थिएन भन्दै उनले कम्युनिष्टमा बहुदलीय जनवाद नौलो प्रयोग भएको बताए ।

मदन भण्डारीले नेपाललाई सुहाउँदो कम्युनिष्ट पार्टी स्थापना गरेको बताउँदै कँडेलले तर त्यो अनुसार माधव नेपाल र झलनाथ खनालले काम गर्न नसकेको बताए । पार्टीलाई बढि भोट ल्याँदैमा ओलीले राम्रो काम गरे भन्न नमिल्ने उनको तर्क छ । कँडेलले पार्टीगत हिसावमा मदन भण्डारीभन्दा पनि शक्तिशाली बनेको बताउँदै ओलीलाई माधव नेपालसँग तुलना गर्न नमिल्ने तर मदन भण्डारी र मनमोहनसँग गर्न सकिने बताए ।

राष्ट्रपतिलाई यतिबेला बंगलादेश पठाउनु पनि ओलीको रणनीति भएको उनले बताए । कँडेलले बंगलादेशमा प्रधानमन्त्री सेख हसिना नेतृत्वको पार्टीले ९७ प्रतिशत मत ल्याएको देखाउँदै नेपालमा पनि सोही एमालेको पक्षमा मत ल्याउने दाउमा ओली रहेको बताए ।

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार