गायक मनिष रञ्जन बरालको शिवस्तुति भजन “शिव शम्भो ” सार्वजनिक



काठमाडौँ । गायक मनिष रञ्जन बरालको शिवस्तुति भजन “शिव शम्भो ” सार्वजनिक भएको छ। गायक बरालको शब्द तथा स्वरमा रहेको भजनको भिडियो शिवरात्रीको छेको पारेर युटुब मार्फत रिलिज भएको हो।

भजनमा साउथ इन्डियन चर्चित संगीतकार कुलदीप एम पाईको संगीत रहेको छ । भिडियोमा सरोज अधिकारी, पद्मा ढकाल, बेखालाल मालाकार, बिनोद बजगाईं , अदिति खनाल, बिनोद कुइँकेल, कबिता कार्की, प्रला कार्की आदि कलाकारको अभिनय रहेको छ।

बिनोद बिष्टले भिडियो खिचेका हुन् भने सम्पादन तुलसी बासकोटाले गरेका हुन् भिडियोलाई भोला तिमल्सिनाले निर्देशन गरेका हुन्। विभिन्न भगवानको महिमा समेटिएको भजन गाउदै आएका गायक बराल अर्को भजनको तयारीमा छन्।

प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार