
पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापनका लागि कानुनी व्यवस्था माग गर्दै ‘प्राइभेट बिल’ (गैरसरकारी विधेयक) दर्ता गराएका छन्। २०६२/६३ को आन्दोलनबाट संसद पुनर्स्थापना भएयता पहिलोपटक ‘प्राइभेट बिल’ दर्ता भएको हो। पूर्वकानुनमन्त्री रहेका तामाङले मन्त्रालयको सहमति लिएर विधेयक दर्ता गराएका हुन् । यसअघि सुवास नेम्वाङले बार काउन्सिलसम्बन्धी र महेश आचार्यले मानव अधिकार आयोगसम्बन्धी विधेयक प्राइभेट बिलका रूपमा संसदमा प्रस्तुत गरेका थिए।
प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते सोमवार