ओलीतर्फ सङ्केत गर्दै बाबुरामले भने- ‘होशियार ! नेपालमा हिटलरको उदय भइरहेछ’



काठमाडाैं, ८ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा ‘हिट्लर’को उदय भइरहेको बताउनुभएकाे छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराईले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीतर्फ सङ्केत गर्दै नेपालमा ‘हिट्लर’को उदय भइरहेको र त्यसबारे सबै सचेत हुनुपर्ने बताउनुभएकाे हाे । पार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गर्दै ओलीले सबैमाथि खड्ग चलाउन थालेको उहाँको जिकिर छ ।

उहाँले ट्वीटरमा लेख्नुभएकाे छ, ‘हिट्लरबारे चर्चित भनाइ छ-‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनॅ किनकि म यहुदी थिइनॅ;…अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेन किनकि कोही पनि बाॅकी थिएन !’ नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ ! होशियार !’

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार