हर पीडा सहनु मेरो मजबुरी थियो, अनि दुनियाँ सामु मुस्कुराउन पनि झनै जरुरी थियो !



१. चाहे वर्तमान हेर या अतीत प्रेम भन्दा नि मूल्यवान पैसा छ यहाँ ।
२. हर पीडा सहनु मेरो मजबुरी थियो, अनि दुनियाँ सामु मुस्कुराउन पनि झनै जरुरी थियो ।
३. हीरा पाए पछि सुन् बिर्सने उज्यालो पाए पछि जुन बिर्सने र धन कमाएपछि गुन बिर्सने हरु धेरै भेटे मैले यो शहरमा ।
४. दिल ठूलो राख्नुस् दुनियाँ त यत्तिकै सानो छ….।।
५. आफ्नो हासोको कारण दुनियाँ बदल्नु तर दुनियाँको कुरा लिएर आफ्नो मुहारको मुस्कान कहिले फिक्का नबनाउनु ।

६. टेकेको लठ्ठी समायको हाँगा अनि चढेको भर्याङ्ग बिर्शिनेहरुको एकदिन आफ्नै अस्तित्व समाप्त हुन्छ ।
७. समय खराब भएपछि त अरूलाई राम्रो गर्छु भन्दा पनि नराम्रो बनिदो रहेछ ।
८. तारिफ चित्र को हैन चरित्रको हुनुपर्छ चित्र केही समय मै बन्छ चरीत्र बनाउन “जिन्दगी”लाग्न सक्छ ।
९. शरीरको सुन्दरता त एक भ्रम हो, सबैभन्दा सुन्दर त तपाईंको बोली हो, चाह्यो भने दिल जित्न सक्छ, चाह्यो भने दिल चिर्न सक्छ ।
१०. “कसैलाई माया गरेपछि, नछोड, ऊ पनि त मान्छे हो, उसलाई पनि त पीडा हुन्छ..”

११. प्रेम र जागिरी मा त्यस्तो कुनै फरक छैन, मान्छे गरि नै रहनेछ र रोइ नै रहनेछ तर छाड्ने छैन ।
१२. तस्बीरका रंग चाहे जे भएपनि, तर मुस्कानको रङ सधै सुन्दर नै हुन्छ !
१३. एक मुर्दा जलिरहेको थियो , सारा मलामी थिए उदास, भोलिका आउनेवाला मुर्दा उभिएका थिए ऊसको आसपास !
१४. याद राख्नु जो व्यक्ति बदलाको भावना राख्दछ, ऊ आफ्नै घाउलाई हराभरा राख्दछ ।
१५. पछाडी फर्केर जवाप दिनु पक्कै गलत कुरा हो, तर सुनी नै रहनु हुनेछ भने मान्छे बोल्नेको हद नै बिर्सिदिन्छन ।

१. म छु नि हामी छौं नि भन्ने त एउटा भनाइ मात्र हो अन्त्यमा आफ्नो साथमा आफू बाहेक अरु कोही पनि हुदैन।
१७. मुस्कान नै खुसीको प्रतिक ठान्नेहरु लाई केथा त्यही मुस्कानको नकाप भित्र कति पिडा लुकेको छ।
१८. नपल्टाउनु अब मेरो जिन्दगीको पुराना पानाहरू पहिले जे थियो त्यस्तो छैन । अहिले कस्तो छु यो कसैलाई थाहा छैन।
१९. सबै आफ्नो छन यहाँ तर मन ले होइन कुराले मात्र ।
२०. करले होइन रहरले बोल्ने मान्छे प्यारो लाग्छ मलाई ।

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार