
नेपाली कांग्रेसका युवा नेता तथा पुर्व मन्त्री नविन्द्रराज जोशीलाई मष्तिष्कघात भएको छ । उनको २२ दिनदेखि काठमाडौँको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । मष्तिष्कघात भई उपचार गराइरहेका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ ।

नविन्द्र राज जोशीको आमा
हाल भेन्टिलेटरमा राखेर उनको उपचार जारी राखिएको छ । उनको आमा भने अस्पतालको बाहिर बसेर छोराको स्वास्थ्यलाभको कामना गरिरहेकी छिन् । अध्यारो अनुहार लगाएर आफ्नो छोरा चाडै निको होस भनेर कामना गर्दै अस्पतालमा बसेकी आमाको तस्विर देखेर सामाजिक सञ्जालमा बिभिन्न टिप्पणीहरु आइरहेका छन् । आमालाई आफ्नो सन्तानको माया कति हुन्छ भनेर यहीबाट झल्किने पत्रकार लालकुमार मोक्त्तानले बताए ।
नवीन्द्रराज जोशी बाँच्नुहुन्छ भन्ने थोरै भए पनि आशा छ: डाक्टर झा
मस्तिष्कघात भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको छ। उपचारको नेतृत्व गरिरहेका न्युरो सर्जन राजीव झाले जोशी बाँच्ने थोरै भए पनि आफूहरूले आशा गरेको बताए। उनका अनुसार जोशीलाई बिहीबार राति १२ बजेतिर बाँया शरीरमा समस्या देखिएको थियो।
‘उहाँको बाँया हात र खुट्टा बाउँडिएछ। श्रीमती र छोरीलाई अप्ठेरो भयो, अस्पताल लैजाउ भन्नुभएछ। वीर अस्पताल आउँदासम्म गाडी बोल्नुहुन्थ्यो पछि बेहोस हुनुभएछ,’ डाक्टर झाले भने,‘वीरका डाक्टरले सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएपछि त्यहाँका डाक्टर यहाँ रिफर गरिदिनु भयो। राति ३ बजे यहाँ पुग्दा उहाँ लगभग कोमामा हुनुहुन्थ्यो।’ मस्तिष्कघात भएपछि जोशीले बान्ता गरेको र त्यो बान्ता फोक्सोमा पनि पुगेको थियो।
‘पहिला हामीले उहाँको फोक्सोबाट वान्ता निकाल्यौं। पाइप हालेर सास फेर्न सहज बनायौं। त्यही क्रममा मैले उहाँको आँखामा फुलो परेको देखें। त्यसको अर्थ आधा दिमागले काम गर्न छोडेको छ भन्ने हो,’ डाक्टर झाले भने,‘त्यसपछि फेरि सिटी स्क्यान गरेर हेर्दा दिमागमा पानी बन्द भएको देखियो।’ जोशीलाई रक्तचाप, सुगरसँगै रगत बाक्लो हुने समस्या थियो।
‘रगत पातलो हुने औषधी खाइरहनुभएकाले शल्यक्रिया गर्दा फेरि समस्या होला भनेर हामीले विशेष रगत व्यवस्था गरेर माइनर अप्रेसन गरेर जमेको पानी निकाल्यौं,’ डाक्टर झाले भने,‘यो एकदमै जटिल अवस्था हो। संसारभरि यस्ता समस्या भएका ७० प्रतिशत मानिसहरू बाँच्दैनन्। बाँचेका ३० प्रतिशतलाई नराम्रो पक्षघात हुन्छ।’
डाक्टर झाले जोशीलाई अहिले भेन्टिलेटरमा राखिएको बताए। ‘उहाँको अवस्था स्थिर भन्न मिल्ने खालको छैन। तर पहिलाभन्दा बिग्रेको पनि छैन। हामीलाई थोरै भए पनि उहाँ बाँच्नुहुन्छ भन्ने आशा छ। हामी त्यही आशामा काम गरिरहेका छौं,’ डाक्टर झाले भने।