
पनौती नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुका लागि प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । नगरपालिकाले सो क्षेत्र अन्तर्गत सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरुमा अध्यापन गराउने शिक्षकहरुको तोकिएको दरबन्दि मिलान तथा व्यवस्थापन प्रक्रिया पूरा गर्न कठिनाई देखेकाले प्रोत्साहन रकम प्रदान गर्ने भएको हो ।
नगरपालिकाले निवृत्तिभरण भईसकेका र अनिवार्य अवकास हुने देहायको सेवा अवधी बाँकी रहेका स्थायि शिक्षकहरुलाई स्वेच्छिक अवकासमा जान प्रोत्साहित गराउन प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरकार्य पालिकाको फागुन २५ र २६ गते बसेको बैठकले १५ दिने सार्वजनिक सूचना जारी गर्ने निर्णयानुसार ईच्छुक सम्बन्धित सबैमा आवश्यक कागजात सहित सम्पूर्ण विवरण नियमानुसार शिक्षा शाखामा निवेदन पेश गर्न अनुरोध गरेको छ ।
शिक्षकको अवकाश र करारमा नयाँ नियुक्ति एकै साथ गर्न निर्देशन
शिक्षा विकास तथा समन्वय इकाइ मोरङले जिल्ला भित्रका सबै स्थानीय तह र सबै सामुदायीक विद्यालयलाई करार शिक्षक नियुक्त गर्न निर्देशन दिएको छ । शिक्षकको अनिवार्य अवकाश र करारमा नयाँ शिक्षक नियुक्ति विचको अवधि धेरै लामो हुन गई विद्यार्थीको शिक्षण सिकाइमा असर परिरहेको अवस्थालाई मध्यनजर गरी करार शिक्षक नियुक्त गर्न निर्देशन दिएको हो ।
साथै सम्वन्धित विद्यालयहरुले अवकाश हुन कम्तिमा एक महिना अघि देखि नै करार शिक्षक नियुक्ति प्रकृया सुरु गरी शिक्षकको अवकाश र करारमा नयाँ नियुक्ति एकै साथ हुने गरी व्यावस्था मिलाउन सबै स्थानीय तह र सबै सामुदायीक विद्यालयलाई आग्रह गरेको छ ।