ओलीकाे चुनौति– सक्नेले मलाई हटाए हुन्छ, २० महिनापछि दुई तिहाई लिएर सिंहदरवार फर्किन्छौं



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन कसैले सक्छ भने हटाएर देखाउन चुनौति दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले कसैले मोर्चा कसेर हटाए २० महिनापछि फेरि दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट पस्ने दावी गरे ।

अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंको भृकुटीमण्डमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– २०७३ मा पनि मलाई हटाएका थिए, १९ महिनापछि झण्डै दुई तिहाई बहुमतका साथ सिंहदरवार फर्केँ । अहिले पनि कसैले सक्छ भनेर हटाएर देखाए हुन्छ,२० महिनापछि फेरि यो सूर्य चिन्हधारी नेकपा एमाले दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट भित्र पस्छ । ओलीले एमालेलाई प्रतिपक्षमा बस्न कुनै डर नभएको बताए । सरकारमा भए देश बनाउने र प्रतिपक्षमा भए देश बनाउने तयारी गर्ने एमालेको नीति रहेको ओलीको भनाइ थियो ।

एमालेमा माधव नेपाल पक्षले थाल्यो समानान्तर कमिटीको अभ्यास (सूचीसहित)
नेकपा एमालेको माधव नेपाल पक्षले संस्थापन पक्षको कार्य विभाजनलाई चुनौति दिँदै समानान्तर अभ्यास थालेको छ । बैठकमा संस्थापन पक्षले कारवाही गरेको सन्दर्भमा के गर्ने भनेर अधिवक्ताहरु गोविन्द बन्दी र टीकाराम भट्टराईले विभिन्न प्रावधानबारे जानकारी गराएका छन् ।

आजै एमालेका माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको संयुक्त वक्तव्य समेत आउने भएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकले सात प्रदेशका इन्चार्ज सहित पार्टी कामको संयोजन गर्ने भनेर समानान्तर जिम्मेवारी तोकेको हो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार