काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले एमाले कसैको पेवा नभएको बताएकी छन् । एक सञ्चारमाध्यममा भएको अन्तर्वार्ताका क्रममा उनले भनेकी छन्, ‘एमाले कसैको पेवा होइन, एमालेको म सदस्य भएको २७ वर्ष भइसकेको छु ।’ उनले आफूहरुको रगत र पसिनाबाट एमाले निर्माण भएको भन्दै एमाले कसैको पेवा नभएको बताइन् ।
नेतृ झाक्रीले आफूहरुको लडाई व्यक्तिका विरुद्ध नभएको समेत प्रष्ट पारेकी छन् । उनले भनेकी छन्, ‘हाम्रो लडाई व्यक्तिका विरुद्ध होइन, प्रवृत्तिका विरुद्ध हो, केपी प्रवृत्तिविरुद्ध लडाई लडिरहन्छौँ ।’ त्यस्तै उनले पार्टीमा अब विधि र पद्धति लागू हुने बताइन् ।
प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार